जीवन विकास र युनिक नेपाल लघुवित्तबीच मर्जर सम्झौता

Satya Sanchar सत्य सञ्चार

विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्था र युनिक नेपाल लघुवित्त वित्तीय संस्थाबीच मर्जर सम्झौता भएको छ ।

मोरङको कटहरीमा केन्द्रीय कार्यालय रहेको नेपालकाे प्रतिष्ठित जीवन विकास लघुवित्त र बाँकेको कोहलपुरमा केन्द्रीय कार्यालय रहेको युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडबीच शनिबार एक आपसमा गाभिने (मर्जर) सम्झाैता भएकाे हाे ।

सम्झाैता पत्रमा जीवन विकास लघुवित्तका अध्यक्ष विक्रमराज सुवेदी र युनिक नेपालका अध्यक्ष शिवबहादुर चाैधरीले हस्ताक्षर गरेका छन् ।

मोरङको कटहरी गाउँपालिका– २ मा केन्द्रीय कार्यालय रहेको जीवन विकासले १६० शाखा कार्यालय मार्फत कोशी, मधेश र बागमती प्रदेशका ३१ जिल्लाका ३ लाख १५ हजार बढी सदस्यलाई घरदैलोमा पुगेर लघुवित्त सेवा प्रवाह गरिरहेको छ ।

बाँके जिल्लाको कोहलपुर नगरपालिका– ११ मा केन्द्रीय कार्यालय रहेको युनिक नेपाल लघुवित्तले पश्चीम नेपालको १० जिल्लामा ८० हजार बढी सदस्यलाई लघुवित्त सेवा प्रवाह गरिरहेको छ ।

दई संस्थाबीच मर्जरपछि सेवा क्षेत्र पूर्वी नेपालको झापादेखि पश्चिम नेपालको कन्चनपुरसम्म हुनेछ ।

युनिक नेपालले बाँके, बर्दिया, कैलाली, कन्चनपुर, नवलपरासी रुपन्देही कपिलबस्तु दाङ सुर्खेत र डडेलधुरामा ४१ शाखा कार्यालय मार्फत लघुवित्त सेवा प्रवाह गरिरहेको छ ।

मर्जरपछि संस्थाको पुँजीगत आधार र सेवा क्षेत्र थप बलियो हुनेछ ।

मर्जर प्रक्रिया अघि बढेसँगै नेपाल धितोपत्र बोर्डको व्यवस्था बमोजिम दुवै संस्थाका आधारभूत शेयर कारोबार रोक्का गरिएको छ ।

संस्थाको आगामी साधारण सभा सम्पन्न नभएसम्मका लागि यी शेयरधनीहरुको शेयर कारोबार रोक्का रहने जानकारी गराइएको छ ।

प्रकाशित मिति: आइतबार, १५ चैत, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.