जीवन विकास र युनिक नेपाल लघुवित्तबीच मर्जर सम्झौता

Satya Sanchar सत्य सञ्चार

विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्था र युनिक नेपाल लघुवित्त वित्तीय संस्थाबीच मर्जर सम्झौता भएको छ ।

मोरङको कटहरीमा केन्द्रीय कार्यालय रहेको नेपालकाे प्रतिष्ठित जीवन विकास लघुवित्त र बाँकेको कोहलपुरमा केन्द्रीय कार्यालय रहेको युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडबीच शनिबार एक आपसमा गाभिने (मर्जर) सम्झाैता भएकाे हाे ।

सम्झाैता पत्रमा जीवन विकास लघुवित्तका अध्यक्ष विक्रमराज सुवेदी र युनिक नेपालका अध्यक्ष शिवबहादुर चाैधरीले हस्ताक्षर गरेका छन् ।

मोरङको कटहरी गाउँपालिका– २ मा केन्द्रीय कार्यालय रहेको जीवन विकासले १६० शाखा कार्यालय मार्फत कोशी, मधेश र बागमती प्रदेशका ३१ जिल्लाका ३ लाख १५ हजार बढी सदस्यलाई घरदैलोमा पुगेर लघुवित्त सेवा प्रवाह गरिरहेको छ ।

बाँके जिल्लाको कोहलपुर नगरपालिका– ११ मा केन्द्रीय कार्यालय रहेको युनिक नेपाल लघुवित्तले पश्चीम नेपालको १० जिल्लामा ८० हजार बढी सदस्यलाई लघुवित्त सेवा प्रवाह गरिरहेको छ ।

दई संस्थाबीच मर्जरपछि सेवा क्षेत्र पूर्वी नेपालको झापादेखि पश्चिम नेपालको कन्चनपुरसम्म हुनेछ ।

युनिक नेपालले बाँके, बर्दिया, कैलाली, कन्चनपुर, नवलपरासी रुपन्देही कपिलबस्तु दाङ सुर्खेत र डडेलधुरामा ४१ शाखा कार्यालय मार्फत लघुवित्त सेवा प्रवाह गरिरहेको छ ।

मर्जरपछि संस्थाको पुँजीगत आधार र सेवा क्षेत्र थप बलियो हुनेछ ।

मर्जर प्रक्रिया अघि बढेसँगै नेपाल धितोपत्र बोर्डको व्यवस्था बमोजिम दुवै संस्थाका आधारभूत शेयर कारोबार रोक्का गरिएको छ ।

संस्थाको आगामी साधारण सभा सम्पन्न नभएसम्मका लागि यी शेयरधनीहरुको शेयर कारोबार रोक्का रहने जानकारी गराइएको छ ।

प्रकाशित मिति: आइतबार, १५ चैत, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.