काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक र कांग्रेस नेता दीपक खड्कालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको सरकारले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा दम्पतीमाथि अनुसन्धान सुरु गरेको छ । ओली र लेखक जेनजी आन्दाेलन दमक आराेपमा पक्राउ परेका हुन् । खड्क सम्पति शुद्धिकरण मुद्दामा पक्राउ परेका हुन् ।
बालेन शाह नेतृत्वकाे सरकारले कांग्रेस पूर्वसभापति देउवा र उनकी पत्नि आरजु राणा देउवामाथि सम्पति शुद्धिकरण आराेपमा अनुसन्धान अघि बढाएको हो ।
त्यसक्रममा देउवा र उनका परिवारका सदस्यहरुको सम्पत्ति विवरण संकलन भएको छ । प्रमाण नष्ट गर्नसक्ने आशंकामा बूढानीलकण्ठस्थित देउवा निवास परिसरमा घर भत्काउने काम प्रहरीले रोकेको छ ।
सत्ताको आडमा अस्वभाविक र गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा यसअघि नै देउवा परिवारविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी परेको थियो । यसअघि नै जुटाइएका सूचना र प्रमाणहरु संकलन गरेर अनुसन्धान थप अघि बढाएको स्रोतले बतायो । पछिल्लो एक–डेढ वर्षमा जयवीर देउवा र उनले नजिकका नातेदारहरुका नाममा किनेको करिव ७३ रोपनी जग्गाको विवरणहरु संकलन भएको छ ।
शेरबहादुर देउवाका नातेदार प्रदीपशम्सेर जबरा, भुषण राणालगायतबाट जयवीर र अन्य व्यक्तिको खातामा भएको कारोवारको विवरण पनि अध्ययन भइरहेको स्रोतले बतायो । शेरबहादुर र आरजु भने विदेशमा छन् ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,580)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,573)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,435)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,355)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)