काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका नीतिहरूविरुद्ध अमेरिकाका प्रमुख सहरदेखि साना सहरमा प्रदर्शन भएको छ । यसअघि पनि लाखौं मानिसहरूले सडकमा उत्रिएर असन्तुष्टि जनाएका थिए ।
शनिबार अमेरिकाभर ३,००० भन्दा बढी स्थानमा साना–ठूला र्यालीहरू आयोजना गरिएका छन् । प्रदर्शनकारीहरूको मुख्य निशानामा ट्रम्प प्रशासनले अघि सारेका नीतिहरू रहेका छन्, जसमा विशेषगरी इरानसँगको युद्ध, कडा संघीय अध्यागमन नीति र देशमा चुलिँदै गएको महँगी प्रमुख छन् ।
आन्दोलनरत पक्षले बताए अनुसार लोकतन्त्रको रक्षा र निरंकुशताको विरोधमा गरिएको शान्तिपूर्ण नागरिक विद्रोह हो । किङ्ग्स ट्रम्प हामीमाथि एक निरंकुश शासकको रूपमा शासन गर्न चाहन्छन् । तर यो अमेरिका हो र यहाँको शक्ति जनताको हातमा छ– कुनै राजा बन्न खोज्ने व्यक्ति वा तिनका अर्बपति आसेपासेहरूको हातमा होइन, आन्दोलनकारीले विज्ञप्ति मार्फत भनेका छन् ।
यता राष्ट्रपति कार्यालय ह्वाइट हाउसले भने प्रदर्शनहरूलाई सामान्य रुपमा लिएको छ । ह्वाइट हाउसका प्रवक्ताले ट्रम्पप्रतिको अन्धविरोधबाट मुक्त हुने थेरापीको आन्दोलन भएको जनाएका छन् ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,580)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,573)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,435)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,355)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)