बालेन शाहको सत्तारोहण : शीतल निवासमा स्वस्तिवाचन, बालुवाटारमा पूजाआजा

Satya Sanchar सत्य सञ्चार

काठमाडाैं । नेपाली राजनीतिमा एउटा नयाँ अध्यायको सुरुवात गर्दै रास्वपाका वरिष्ठ नेता बालेन शाह मुलुकको कार्यकारी प्रमुखको जिम्मेवारीमा पुगेका छन् । रामनवमीकाे दिन शुक्रबार करिब दुई तिहाइ बहुमतसहित शाहले प्रधानमन्त्रीको रूपमा सिंहदरबारको यात्रा तय गरे ।

शक्तिशाली प्रधानमन्त्रीका रूपमा उदय भएका शाहको कार्यशैली र सत्तारोहणको प्रक्रिया विगतका प्रधानमन्त्रीहरूभन्दा भिन्न देखियो । उनले आफ्नो राजकाजको सुरुवात परम्परागत शैलीमा गरे ।

शुक्रबार मध्यान्ह शुभसाइत पारेर राष्ट्रपति कार्यालय शीतल निवासमा शाहले पद तथा गोपनीयताको शपथ लिएका थिए । शपथ ग्रहण समारोहमा विगतको जस्तो औपचारिक तामझाम मात्र थिएन, त्यहाँ वैदिक विधिअनुसार स्वस्ति वाचन र शंखनाद समेत गरिएको थियो ।

शपथ लगत्तै साइत हेराएर दिउँसो २:१५ बजे प्रधानमन्त्री शाह सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका थिए । पदबहाली लगत्तै उनले पहिलो मन्त्रिपरिषद् बैठक डाके । बैठकमा उनले सुशासन र सेवा प्रवाहसँग सम्बन्धित निर्णय गरे । मन्त्री र सचिवहरूलाई परिणाममुखी काम गर्न कडा निर्देशन दिए ।

सिंहदरबारको कार्यभार सकेपछि प्रधानमन्त्री शाह अपरान्ह सरकारी निवास बालुवाटार प्रवेश गरेका थिए । बालुवाटार प्रवेश गर्नुअघि उनले त्यहाँ विशेष पूजाआजा र धार्मिक अनुष्ठान गरेका थिए । सत्ताको बागडोर सम्हाल्दै गर्दा आफूलाई सांस्कृतिक र धार्मिक मूल्यमान्यताप्रति प्रतिबद्ध देखाउनु शाहको नयाँ राजनीतिक शैलीका रूपमा हेरिएको छ ।

विगतका प्रधानमन्त्रीहरू धार्मिक कृत्यहरूबाट टाढा रहने कोसिस गर्थे । तर, प्रधानमन्त्री बालेन शाहले रामनवमीको दिन पारेर सार्वजनिक रूपमै धार्मिक र सांस्कृतिक पहिचानलाई महत्त्व दिँदै सत्ताको यात्रा सुरु गरेका हुन् ।

प्रकाशित मिति: शुक्रबार, १३ चैत, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.