विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका वडा– ३ ऋषिदेव बस्तीका आगलागीपीडित परिवारहरूलाई जीवन विकास लघुवित्त वित्तीय संस्थाले राहत सामग्री वितरण गरेको छ । चैत ४ गते भएको भीषण आगलागीबाट सर्वश्व गुमाएका अति विपन्न ऋषिदेव समुदायका १२ घरपरविारका ६१ जना सदस्यहरूलाई जीवन विकासले सहयोग गरेको छ ।
आगलागीका कारण बिचल्लीमा परेका परिवारहरूलाई जीवन विकासले सुरुमा खाना पकाएर खुवाएको थियो । त्यसपछि १२ घरपरिवारलाई खाना पकाउने र खाने भाँडाकुँडाको सेट वितरण गरेको थियाे । भाँडाकुँडा वितरणपछि जीवन विकासले पीडित परिवारका सदस्यहरुका लागि अतिआवश्यक लत्ताकपडा वितरण गरेको छ ।
विपदको समयमा सामाजिक उत्तरदायित्व अन्तरगत जीवन विकासले पीडित परिवारलाई सहयोग गरेको हाे । जीवन विकासको सहयोगले पीडित परिवारलाई ठूलाे राहत मिलेको स्थानीय बासिन्दाहरूले बताएका छन् ।
घरदैलोमा पुगेर वित्तीय सेवा प्रवाह गरिरहेको जीवन विकासले सामाजिक अभियानलाई पनि प्राथमिकताका साथ अघि बढाएको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,580)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,573)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,437)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)