माैसम : आज र भाेलि वर्षाकाे सम्भावना

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । पश्चिमी वायुकाे प्रभावका कारण आज शुक्रबारदेखि देशभर मौसम बदली भई वर्षाको सम्भावना  छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यसको प्रभाव भोलि शनिबारसम्म कायम रहनेछ ।

आज दिउँसोदेखि नै देशका विभिन्न भागमा बादल लाग्ने र साँझतिर हावाहुरीसहित हल्कादेखि मध्यम खालको वर्षा सुरु हुन सक्ने पूर्वानुमान गरिएको छ । पूर्वी तथा मध्य भागमा यसको प्रभाव बढी देखिने सम्भावना छ भने पश्चिमी क्षेत्रमा तुलनात्मक रूपमा कम प्रभाव पर्नेछ ।

काठमाडौं उपत्यकामा पनि आज साँझतिर मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने सम्भावना छ । भोलि शनिबार पनि उपत्यकासहित देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा जारी रहने अनुमान गरिएको छ।

जल तथा मौसम विज्ञान विभाग का वरिष्ठ मौसमविद बरुण पौडेलले काठमाडौं उपत्यकामा पनि शुक्रबार र शनिबार हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना रहेको जानकारी दिए ।

प्रिमनसुनको समय भएकाले यस अवधिमा हावाहुरी, चट्याङ र असिनाको जोखिम बढी हुने गर्दछ । त्यसैले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ। विशेषगरी किसान तथा सर्वसाधारणलाई असिना र हुरीबाट हुन सक्ने क्षतिबाट जोगिन सावधानी अपनाउन माैसम विभागले सुझाव दिएको छ ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भागका धेरै स्थानमा तथा बाँकी प्रदेशका पहाडी र हिमाली भागका केही स्थानमा मेघगर्जन, चट्याङ, हुरी तथा असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । साथै तराईका केही स्थानमा पनि मध्यम वर्षा हुन सक्ने जनाइएको छ ।

प्रकाशित मिति: शुक्रबार, १३ चैत, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.