काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्री बन्नका लागि बाटो खुला भएको छ । रास्वपा केन्द्रीय समिति बैठकले शाहलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको छ ।
रास्वपाले संसदीय दलको नेतामा बालेन शाहलाई सर्वसम्मत चयन गरेको प्रवक्ता मनिष झाले जानकारी दिए । दलकाे नेता बनेपछि प्रधानमन्त्री बन्ने बाटाे खुला भएको हाे ।
सभापति रवि लामिछानेको प्रस्तावमा सर्वसम्मत दलको नेता चयन गरिएको हो । दलको बैठकमा सभापति लामिछानेले बालेनलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए । उनले सफल कार्यकालको शुभकामना पनि व्यक्त गरेका थिए ।
संविधानको धारा ७६ मा मन्त्रिपरिषद् गठन सम्बन्धी व्यवस्था रहेको छ । धारा ७६(१) मा भनिएको छ–राष्ट्रपतिले प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्रीमा नियुक्त गर्नेछ र निजको अध्यक्षतामा मन्त्रिपरिषद् गठन हुनेछ ।”
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,430)
जीवन विकासले बोलायो साधारणसभा (2,402)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,357)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,342)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,214)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,149)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,581)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,559)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,111)