बालेनलाई प्रधानमन्त्री बनाउने बाटाे खुला, रास्वपा दलकाे नेता चयन

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्री बन्नका लागि बाटो खुला भएको छ । रास्वपा केन्द्रीय समिति बैठकले शाहलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको छ ।

रास्वपाले संसदीय दलको नेतामा बालेन शाहलाई सर्वसम्मत चयन गरेको प्रवक्ता मनिष झाले जानकारी दिए । दलकाे नेता बनेपछि प्रधानमन्त्री बन्ने बाटाे खुला भएको हाे ।

सभापति रवि लामिछानेको प्रस्तावमा सर्वसम्मत दलको नेता चयन गरिएको हो । दलको बैठकमा सभापति लामिछानेले बालेनलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए । उनले सफल कार्यकालको शुभकामना पनि व्यक्त गरेका थिए ।

संविधानको धारा ७६ मा मन्त्रिपरिषद् गठन सम्बन्धी व्यवस्था रहेको छ । धारा ७६(१) मा भनिएको छ–राष्ट्रपतिले प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्रीमा नियुक्त गर्नेछ र निजको अध्यक्षतामा मन्त्रिपरिषद् गठन हुनेछ ।”

प्रकाशित मिति: बिहिबार, १२ चैत, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.