प्रधानमन्त्रीले जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । सरकारले गाेप्य राख्न खाेजेकाे भदौ २३ र २४ गतेका घटना जाँचबुझ गर्न बनेको आयोगको प्रतिवेदन सञ्चार माध्ययमले प्रकाशित गरेपछि प्रधानमन्त्री सुशीला कार्कीले प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेकी छन् ।

प्रधानमन्त्री कार्कीको सचिवालयका अनुसार मुलुकको सुशासन र पारदर्शिताका लागि तीनवटा महत्त्वपूर्ण दस्ताबेजहरू सार्वजनिक गर्ने निर्णय भएको हो ।

विगतका विभिन्न घटना तथा अनियमिततासँग सम्बन्धित उच्चस्तरीय जाँचबुझ आयोगका प्रतिवेदनहरू र सरकारको आगामी कार्यदिशा समेटिएको सुशासन मार्गचित्र सार्वजनिक गर्ने प्रक्रिया अघि बढाइएको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री कार्कीले भदौ २३ र २४ गतेको घटना सम्बन्धी ‘जाँचबुझ आयोग, २०८२’ को प्रतिवेदन सार्वजनिक गर्ने र उक्त प्रतिवेदनलाई संघीय संसद् सचिवालयको पुस्तकालयमा अभिलेखका रूपमा राखी आम सर्वसाधारण र सरोकारवालाको जानकारीका लागि खुला गरिने प्रधानमन्त्रीको सचिवालयले जनाएको हो ।

मंगलबार मात्रै उनले नेपाल बाल संगठन र बालमन्दिर सम्बन्धी ‘उच्चस्तरीय जाँचबुझ आयोग, २०७७’ को प्रतिवेदनलाई पनि सोही प्रक्रिया बमोजिम सार्वजनिक गर्ने निर्णय गरेकी थिइन् । सरकारले प्रशासनिक सुधार र जनमुखी सेवा प्रवाहलाई प्राथमिकता दिँदै ‘सुशासन मार्गचित्र, २०८२’ कार्यान्वयनमा ल्याउने भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलका अनुसार यो मार्गचित्र छिट्टै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत सार्वजनिक गरिनेछ ।

प्रकाशित मिति: बुधबार, ११ चैत, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.