पत्नीको हत्यापछि प्रहरीमा हराएको निवेदन

Satya Sanchar सत्य सञ्चार

विराटनगर । विराटनगर महानगरपालिका १७ मा रहेको कल्भर्ट मुनी फेला परेको शवको पहिचान खुलेको छ । मंगलबार साँझ कल्भर्ट मुनी तन्नाले बेरिएको अवस्थामा महिलाको शव फेला परेको थियो । अनुसन्धानका क्रममा विराटनगर महानगरपालिका १५ की कोमलकुमारी साहको शव भएको खुलेको हो ।

प्रहरीका अनुसार कोमलकुमारीका श्रीमान रोशन साहले श्रीमती हराएको निवेदन दिएका थिए । कल्भर्ट मुनि भेटिएको शव र हराएकी महिलाको हुलिया मिलेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी लिलाराज लामिछानेले जानकारी दिए । उनका अनुसार पत्नी हराएको निवेदन दिने रोशन साहलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

प्रहरी स्रोतका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा रोशनले श्रीमतीको हत्या पछि शवलाई लुकाउन तन्नामा पोको पारेर विराटनगर–१७ स्थित छाला फ्याक्ट्रीको पश्चिममा रहेको कल्भर्टमुनि फालिदिएकाे देखिन्छ । शव भेटिएको स्थान र मृतकको घर करिब ५ किलोमिटरको दुरीमा छ ।

कोमलकुमारी चैत ६ गतेदेखि घरमा थिइनन् । श्रीमती हराएको भन्दै रोशनले दुई दिनपछि चैत ८ गते इलाका प्रहरी कार्यालय रानीमा हुलियासहितको निवेदन दिएका थिए । प्रहरीमा निवेदन परेको दुई दिनपछि मंगलबार बेलुका कल्भर्टमुनि तन्नाले बेरिएको अवस्थामा शव भेटियो । स्थानीयले शव भेटेपछि विराटनगर–१७ का वडाध्यक्ष समीर कमर मियाँलाई खबर गरेका थिए । मियाँले मंगलबार साँझ प्रहरीलाई खबर गरेका थिए । मंगलबार राति प्रहरीले शव पोष्टमार्टमका लागि कोशी अस्पताल पुर्याएर अनुसन्धान सुरु गरेको थियो ।

डिएसपी लामिछानेले घटनाको विस्तृत अनुसन्धान भइरहेको बताए ।

प्रकाशित मिति: बुधबार, ११ चैत, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.