काठमाडौं । जेनजी आन्दोलनको बलमा बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले विगतका सरकारका विकृतिलाई निरन्तरता दिएको छ ।
जेनजी आन्दोलनको मागअनुसार सुशासन कायम गर्ने प्रतिबद्धता जनाएर सरकारको नेतृत्व गरेकी कार्कीले चुनाव गराएर सरकार छाड्ने केही दिन मात्रै बाँकी रहँदा आफ्ना विश्वासपात्रहरुलाई पद बाँडेकी छिन् ।
आइतबार सबेको मन्त्रिरिषद बैठकले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रियसभा सदस्यमा सरकारको तर्फबाट सिफारिस गरेको छ ।
आफू निकट भएर चुनाव गराउन भूमिका खेलेको भन्दै खुशी हुँदै कार्कीले अर्याललाई सरकारले नियुक्त गर्न पाउने तीनमध्ये एक सिट नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेकी हुन् ।
कार्कीले राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा आफ्ना स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई नियुक्त गरेकी छिन् । प्रधानमन्त्री एवम् कोषका संरक्षक सुशीला कार्कीले श्रेष्ठलाई आगामी ५ वर्षका लागि उक्त पदमा मनोनयन गरेकी हुन् ।
अदालतमा रहँदा नै विवादित पृष्ठभूमिका श्रेष्ठलाई कार्कीले आलोचनाको बीच स्वकीय सचिवको जिम्मेवारी दिएकी थिइन्। अहिले सरकार छाड्ने बेला पनि उनलाई महत्वपूर्ण पदमा पुनःस्थापना गरेकी हुन्।
निर्वाचन आयोगले राष्ट्रपति समक्ष चुनावको प्रतिवेदन बुझाए लगत्तै राजीनामा दिने तयारी प्रधानमन्त्री कार्कीले गरेकी छिन् ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,580)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,573)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,437)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)