धरान । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले समानुपातिक सांसदको नाम टुङ्गो लगाएको छ । पूर्वलाहुरे, जेनजी मधेशीसहित चार जनाको नाम टुङ्गो लगाएको हो ।
श्रम संस्कृति पार्टीका प्रवक्ता सत्य घलेका अनुसार आदिवासी जनजाति कोटामा पूर्वब्रिटिस आर्मी क्याप्टेन पूर्ण लिम्बूलाई समानुपातिक सांसदका लागि सिफारिस गरेको हो । संखुवासभा स्थायी ठेगाना भएका लिम्बुलाई सिंगापुर, भारतीय र ब्रिटिस आमीबाट अवकास पाएकाहरुकाे प्रतिनिधिको रुपमा पठाएको हो ।
खस आर्य महिलाबाट झापाकी अम्बिकादेवी संग्रौला, दलित कोटाबाट सुर्खेतकी राधिका रम्तेललाई पठाउने निर्णय गरेको छ । मधेशी कोटाबाट धनुषाकी रुविकुमारी ठाकुरलाई सिफारिस गरेको हो । इन्जिनियर अध्ययन गरिरहेकी ठाकुर मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने जेनजी हुन् ।
दल गठनको चार महिनामा राष्ट्रीय दल बनको श्रम संसकृतिले पार्टीले प्रत्यक्ष तर्फ ३ सिट जितेको छ । अध्यक्ष साम्पाङले सुनसरी १, महासचिव आरेन राईले खोटाङ र भोजपुरबाट ध्रुव राईले चुनाव जितेका थिए ।