एमालेकाे समानुपातिक काेटाबाट सांसद बन्दैछन् गुरु बराल

Satya Sanchar सत्य सञ्चार

विराटनगर । नेकपा एमालेका पुराना नेता गुरु बराल प्रतिनिधिसभा सदस्य बन्ने भएका छन् ।

पार्टीको आन्तरिक सत्ता र शक्तिमा सधैँ प्रभावशाली रहने बराल जनताको मत लिने चुनावी मैदानमा भने कमजाेर देखिन्छन् । २१ फागुनकाे प्रतिनिधिसभा निर्वाचनमा १६ जनाको समानुपातिक सूची सिफारिस गर्दा एमालेले तिनै पुराना नेता बरालको नाम समावेश गरेको हाे ।

राजनीतिमा उतारचढाव सामान्य हो, तर बरालका लागि ‘हार’ एउटा शृङ्खला जस्तै छ । २०५१ सालको मध्यावधि निर्वाचनमा विजयी भएर संसदीय यात्रा सुरु गरेका बराल त्यसयताकाे संसदीय चुनावमा पराजित भए । त्यसयता उनले जति पटक संसदीय चुनावी मैदानमा पाइला टेके, रित्तो हात फर्किनुपर्‍यो ।

२०५६ को आमनिर्वाचन, २०६४ को पहिलो संविधानसभा (मोरङ–८) र २०७० को दोस्रो संविधानसभा (मोरङ–३) मा उनी निरन्तर पराजित भए । २०७४ मा टिकट नै नपाएका बराल २०७९ मा कोशीको मुख्यमन्त्री बन्ने चर्चा थियाे । तर, चुनाव हार्ने डरले उनी मोरङ ६(१) बाट अन्तिम समयमा पछि हटे ।

२०७८ माघमा राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धन र एमाले उम्मेदवारबीच मत बराबर भएपछि हारजितको फैसला ‘गोलाप्रथा’बाट गरियो । विडम्बना, भाग्यको त्यो चिठ्ठामा पनि झापाका गोपाल बस्नेतले बाजी मारे भने बरालले ‘हार’ नै खेप्नुपर्‍यो ।

गत मंसिरमा सम्पन्न पार्टीको ११ औं महाधिवेशनमा पनि उनलाई कार्यकर्ताले रुचाएनन् । संस्थापन पक्षको बलियो साथ पाउँदा पनि उनी केन्द्रीय सदस्य र उपाध्यक्ष दुवै पदमा पराजित भए । त्यसअघि उनी सुवासचन्द्र नेम्वाङको निधनपछि रिक्त पदमा उनै पराजित बराललाई पार्टीले उपाध्यक्ष मनाेनित भएका थिए ।

एमालेभित्र बराललाई ‘वैचारिक नेता’ मानिन्छ । पार्टी पंक्तिमा उनी वैचारिक दख्खल राख्ने नेताका रूपमा परिचित भए पनि आम जनसमुदाय र कार्यकर्तामाझ उनको सम्बोधन सुन्ने धैर्यता कमै देखिन्छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र मानिने बरालको प्रभाव चुनावी नतिजामा नदेखिए पनि पार्टीको निर्णय प्रक्रियामा भने बलियो छ । २०७९ को स्थानीय र प्रदेश निर्वाचनमा मोरङमा टिकट बाँड्ने साँचो उनकै हातमा थियो । २०७९ काे निर्वाचन पछि राष्ट्रपतिको उम्मेदवारका रूपमा समेत चर्चामा आएका बराल अन्तत सजिलो बाटो (समानुपातिक)बाट संसद् छिर्ने निश्चित भएको छ ।

२०३० सालदेखि राजनीतिमा होमिएका ६८ वर्षीय बराल २०४६ को जनआन्दोलन ताका मोरङ एमालेको कमान्डर थिए । प्रत्यक्ष चुनावमा ‘ट्याग’ लागेको पराजयको शृङ्खलालाई थाती राख्दै संसद यात्रा गरेका बरालले सदनमा पार्टीका एजेन्डालाई शसक्त रुपमा प्रस्तुत गर्न सक्ने नेताहरु बताउँछन् ।

प्रकाशित मिति: आइतबार, ०१ चैत, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.