माेरङ क्षेत्र नम्बर ६ : चुनाव जित्ने रुविनाकाे खर्च १२ लाख, हार्ने डाक्टर काेइरालाकाे २२ लाख

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत मोरङ-६ बाट उम्मेदवार बनेका कांग्रेस नेता डा. शेखर कोइरालाले आफ्नो निर्वाचन खर्च विवरण बुझाएका छन् । प्रदेश तथा जिल्ला निर्वाचन कार्यालय मोरङमा पेश गरिएको आधिकारिक विवरणअनुसार उक्त निर्वाचनमा कोइरालाले कुल २२ लाख ३१ हजार ८८ रुपैयाँ ६९ पैसा खर्च गरेको उल्लेख छ ।

बिहीबार क्षेत्र नम्बर ६ बाट निर्वाचित भएकी प्रतिनिधिसभा सदस्य रास्वपा नेतृ रुविना आचार्यले १२ लाख ४० हजार ७ सय ६ रुपैयाँ खर्च भएको विवरण बुझाएकी थिइन् ।

कोइरालाले मतदाता नामावली, नमुना मतपत्र, पर्चा, पम्पलेट, स्थानीय घोषणापत्र, झण्डा र फ्लेक्सलगायतका सामग्री छपाइमा मात्रै १६ लाख ४६ हजार ६ सय ९ रुपैयाँ १९ पैसा खर्च भएको छ ।

निर्वाचन प्रचारप्रसारका लागि १ लाख १३ हजार, गाडीको इन्धनमा १ लाख १६ हजार ३ सय १९ रुपैयाँ ५० पैसा र कलम, फाइल, फोटोकपी पेपरलगायतका स्टेसनरी सामग्रीमा १ लाख ४ हजार ५ सय रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ ।

आचार्यले सवारी साधन भाडाका लागि १ लाख ४९ हजार ४ सय, अभियान्ता, स्यंसेवक, प्रतिनिधि खाना, खाजा, चिया पानी खर्चमा २ लाख ४७ हजार ९३५ रुपैयाँ, सचिवालय स्थापना र चियाँ नास्ता शीर्षकमा १२ हजार ९३५, बुथ प्रतिनिधि प्रशिक्षण, व्यवस्थापनका लागि २ लाख, प्रचारप्रसार सामग्री, साउन्ड सिस्टम सिटी रिक्सामा प्रचारका लागि २ लाख २५ हजार ७७६ रुपैया र विद्युतीय प्रचारप्रसार फोटोकपी तथा भिडियोग्राफीका लागि ३ लाख रुपैयाँ खर्च भएको विवरण पेश गरेका हुन् ।

प्रकाशित मिति: शुक्रबार, २९ फागुन, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.