झापामा रुखले घर किच्दा किशोरीको मृत्यु

Satya Sanchar सत्य सञ्चार

भद्रपुर । झापाको हल्दीबारी गाउँपालिकामा बिहीबार राति वर्षासहित आएको हावाहुन्डरीका कारण ढलेको रुखले किच्दा घरभित्र सुतिरहेकी किशोरीको मृत्यु भएको छ ।

हल्दीबारी गाउँपालिका–२ पाराखोपी बस्ने प्रेमलाल राजवंशीकी १७ वर्षीया छोरी आरती राजवंशीको मृत्यु भएको झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

उनका अनुसार राति ९ बजेतिर आरती आफ्नै घरमा सुतिरहेको अवस्थामा घरनजिकै रहेको आँपको रुख वर्षा र हावाहुन्डरीका कारण ढलेर घरमाथि खसेको थियो ।

रुखले किच्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनास्थलमा पुगेको नेपाल र सशस्त्र प्रहरीको संयुक्त टोलीले घर किचेको रुख हटाएर उद्धार गरेको थियो ।

प्रकाशित मिति: शुक्रबार, २९ फागुन, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.