काठमाडाैं । जुम्लामा हेलिकप्टरमार्फत उद्दार गरिएकी सुत्केरी महिलाको मृत्यु भएको छ । तिला गाउँपालिका वडा नम्बर ३ की १८ वर्षीया सुत्केरी अस्मिता नेपालीको मृत्यु भएकाे हाे । उनकाे नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको थियो ।
कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानमा सुत्केरी भएपछि स्वास्थ्यमा गम्भीर समस्या देखिँदा उनलाई थप उपचारका लागि जुम्लाबाट कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको थियो ।
उपचारको क्रममा राति १ बजे उनको मृत्युु भएको प्रदेश अस्पतालले जनाएको छ । घरमै सुत्केरी गराउने प्रयास गर्दा लामो समयसम्म व्यथा लागेर अवस्था जटिल भएपछि उनलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइएको थियो । तर, प्रतिष्ठानमा शल्यक्रिया गरिए पनि थप समस्या देखिएपछि उनलाई थप उपचारका लागि सुर्खेत लैजानुपर्ने अवस्था आएको थियोे ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,580)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,573)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,437)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)