पार्टी पराजित भएपछि ओलीले भने,‘जनताको फैसला शिरोधार्य छ’

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षा गरेजस्तो नआए पनि जनताको मतलाई सम्मान गर्ने बताएका छन् ।

बिहीबार सामाजिक सञ्जालमार्फत मतदाताहरूलाई धन्यवाद दिँदै उनले निर्वाचनमा प्राप्त भएको परिणामलाई लोकतान्त्रिक प्रक्रियाको उपजका रूपमा स्वीकार गरेका हुन् ।

अध्यक्ष ओली आफैँ पनि झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट पराजित भए । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन्द्र शाहले पराजित गरेका हुन् ।

‘यस पटकको निर्वाचनमा मैले अपेक्षा गरेजस्तो परिणाम प्राप्त गर्न सकिनँ, हाम्रो पार्टीले पनि अपेक्षित परिणाम ल्याउन सकेन,’ ओलीले भनेका छन्, ‘लोकतान्त्रिक प्रणालीमा अन्तिम फैसला जनताकै हुन्छ र त्यो फैसला शिरोधार्य गर्नु म र मेरो पार्टीको कर्तव्य हो ।’

ओलीले एमालेको पक्षमा मतदान गर्ने सबैलाई हृदयदेखि धन्यवाद दिँदै जनताको विश्वास नै आफ्नो शक्ति भएको बताएका छन् । ‘निर्वाचनको परिणाम हाम्रो पक्षमा नआए पनि जनताप्रतिको हाम्रो प्रतिबद्धता र सेवाभाव कत्ति पनि कमजोर भएको छैन,’ उनले उल्लेख गरेका छन्, ‘हामी आगामी दिनमा पनि जनताकै बीचमा रहनेछौँ र यो सम्बन्धलाई अझ बलियो बनाउँदै अघि बढ्नेछौँ ।’

प्रकाशित मिति: बिहिबार, २८ फागुन, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.