समानुपातिक तर्फ काेशीमा दाेस्राे बन्याे श्रम संस्कृति पार्टी

Satya Sanchar सत्य सञ्चार

विराटनगर । प्रतिनिधिसभा निर्वाचनमा कोशी प्रदेशबाट श्रम संस्कृति पार्टीको उदय भएको छ । चार महिना अघि गठन भएको श्रम संस्कृति पार्टी पहिलो निर्वाचनमा राष्ट्रीय दल बनेको छ । प्रत्यक्षमा ३ तीन सिट जितेको श्रम संस्कृतिले समानुपातिकमा पनि अब करिब ४ सिट पाउनेछ ।

देशव्यापी रुपमा रास्वपाको लहर चल्दा कोशीमा श्रम संस्कृतिले समानुपातिक मतमा कांग्रेस–एमालेलाई पछि पारेको छ । कोशी प्रदेशको समानुपातिक मतमा रास्वपा पहिलो छ । श्रम संस्कृति दोस्रो दल बनेको छ। कांग्रेस तेस्रो र एमाले चौथो स्थानमा पुगेका छन् ।

कोशी प्रदेशबाट रास्वपा ८ लाख ५३ हजार १ सय ८४ मत ल्याएको छ । दोस्रो दल श्रम संस्कृति पार्टी बनेको छ । श्रम संस्कृतिले २ लाख ९२ हजार ४९ मत पाएको छ । यो पार्टीले देशभरबाट ३ लाख ८५ हजार ६ सय ७९ मत पाएको छ ।

अन्य प्रदेशमा कांग्रेस, एमाले, नेकपा लगायतका दलबाट भोट रास्वपातिर स्विङ भएको देखिन्छ । कोशीमा भने मत श्रम संस्कृतिमा पनि उल्लेख्य मत गएको छ । श्रम संस्कृतिभन्दा पछि परेको कांग्रेसले २ लाख ९० हजार ५६२ मत पाएको छ । एमालेले दुई लाख ८८ हजार १ सय ८६ मत ल्याएको छ । नेकपा जम्मा ९७ हजार ६ सय ७९ मत ल्याएको छ ।

कोशीमा प्रत्यक्षमा श्रम संस्कृतिले ३ तीन सिट जितेको छ । कांग्रेस एमालेले ४–४ सिट जितेको छ । श्रम संस्कृतिले खोटाङ, धरान र भोजपुरमा तीन सिट जितेको हो । कोशी प्रदेशबाट रास्वपाले १७ सिट जितेको थियो ।

प्रकाशित मिति: बुधबार, २७ फागुन, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.