काठमाडौं । प्रतिनिधि सभा निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टीले दुई तिहाइ नजिक सिट जितेकाे छ । प्रत्यक्षमा १२५ सिट जितेको रास्वपाले समानुपातिक तर्फ ५७ सिट पाउनेछ ।रास्वपाकाे कुल १८२ सिट पुग्नेछ । याे दुई तिहाइ बहुमतबाट मात्र दुई सिट कमि हाे । २७५ सदस्यीय प्रतिनिधि सभामा दुई तिहाइका लागि १८४ सिट आवश्यक पर्छ ।
निर्वाचन आयोगले आयोगले समानुपातिक मतको आधारलाई समेत लिएर सिट निर्धारण गरेपछि मात्र यकिन संख्या आउनेछ । तर आयोगले सिट विभाजनका लागि प्रयोग गर्ने ‘सेन्ट लग फर्मुला’मा राखेर अहिले दलहरूले प्राप्त गरेको मतको आधारमा सिट बाँडफाँट गर्दा उसको प्रत्यक्ष र समानुपातिक दुवैबाट कूल १८२ सिट पुग्ने देखिएको हो ।
रास्वपाले समानुपातिकमा कुल एक करोड ७ लाख ६४ हजार ८ सय ८९ मत मध्ये रास्वपाले ५१ लाख ४६ हजार ६ सय ८१ मत ल्याएको छ ।
दलका सम्भावित सिट सङ्ख्या:
१. रास्वपा: १८२ सिट (प्रत्यक्ष १२५ + समानुपातिक ५७) ।
२. नेपाली कांग्रेस: ३८ सिट (प्रत्यक्ष १८ + समानुपातिक २०) ।
३. नेकपा एमाले : २५ सिट (प्रत्यक्ष ९+ समानुपातिक १६) ।
४. नेपाली कम्युनिस्ट पार्टी: १७ सिट (प्रत्यक्ष ८+समानुपातिक ९)।
५. श्रम संस्कृति पार्टी: ७ सिट (प्रत्यक्ष ३ + समानुपातिक ४) ।
६. राप्रपा: ५ सिट (प्रत्यक्ष १ + समानुपातिक ४) ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,580)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,573)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,437)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)