६ दलले पाए राष्ट्रिय दलकाे मान्यता, एउटा नयाँ

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । फागुन २१ गतेको निर्वाचनबाट ६ वटा राजनीतिक दलले राष्ट्रिय दलकाे मान्यता पाएका छन् । राष्ट्रिय दलकाे मान्यता पाउनेमा ५ वटा पुराना दल छन् । एउटा नयाँ छ ।

याे निर्वाचनबाट राष्ट्रिय दलको मान्यता पाउने नयाँ दल हर्क साम्पाङ नेतृत्व गरेकाे श्रम संस्कृति पार्टी हाे । चार महिना अघि खुलेकाे यो पार्टीले प्रत्यक्षतर्फ तीन सिट जितेको छ । समानुपातिकतर्फ तीन प्रतिशत थ्रेसहोल्ड कटाएको छ ।

समानुपातिक तर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलाे बनेकाे छ । नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पाँचाै‌ बनेकाे छ । यी पाँच दल विघटित प्रतिनिधि सभामा पनि राष्ट्रिय दलको रुपमा थिए ।

समानुपातिक तर्फ एक करोड ७ लाख ६४ हजार ८ सय ८९ मत मध्ये रास्वपाले ५१ लाख ४६ हजार ६ सय ८१ मत ल्याएको छ । यो कुल मतको करिब साढे ४७ प्रतिशत भन्दा बढी हो । रास्वपाले समानुपातिक तर्फ ५७ सिट पाउने सम्भावना छ । रास्वपाले प्रत्यक्ष तर्फ १२५ सिट जितेकाे छ ।

दोस्रो पार्टीको रुपमा रहेको नेपाली कांग्रेसले समानुपातिकमा २० सिट पाउनेछ । कांग्रेसले प्रत्यक्षमा १८ सिट जितेको छ । कांग्रेसले १७ लाख ५४ हजार ५२ मत ल्याएको छ । प्रत्यक्ष र समानुपातिक गरी प्रतिनिधिसभामा कांग्रेसको ३८ सिट हुनेछ ।

एमालेले समानुपातिकबाट १६ सिट पाउने देखिएको छ । प्रत्यक्ष तर्फ ९ सिट जितेको छ । प्रतिनिधि सभामा एमालेकाे २५ सिट हुनेछ । एमालेले समानुपातिक तर्फ १४ लाख ५१ हजार ७५९ मत पाएकाे छ ।

नेपाली कम्युनिस्ट पार्टीले समानुपातिकमा ९ सिट पाउनेछ । नेकपाले प्रत्यक्षमा ८ सिट जितेको छ । प्रतिनिधिसभामा नेकपाको १७ सिट हुनेछ । नेपाल कम्युनिस्ट पार्टीले समानुपातिकतर्फ ८ लाख ८ हजार ५ सय ८२ मत पाएको छ । श्रम संस्कृति र राप्रपाले समानुपातिकमा ४/४ सिट पाउने छन् । श्रम संस्कृतिले ३ सिट प्रत्यक्षमा जितेकाले अब उसको कुल ७ सिट हुनेछ । राप्रपाले प्रत्यक्षमा एक सिट जितेकाले कुल ५ सिट हुनेछ ।

प्रकाशित मिति: बुधबार, २७ फागुन, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.