धरानमा पार्किङ गरी राखिएका ६ वटा बसमा आगलागी

Satya Sanchar सत्य सञ्चार

धरान । सुनसरीको धरानमा पार्किङ गरेर राखेकाे बसमा आगलागी भएकाे छ । धरान उपमहानगरपालिका–८ स्थित अटल ग्यारेजमा पार्किङ गरी राखिएका ६ वटा यात्रुबाहक बसमा मंगलबार राति आगलागी भएको छ । आगलागीबाट तीनवटा बस पूर्ण रूपमा जलेर नष्ट भएका छन् भने अन्य तीनवटामा आंशिक क्षति पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्र खड्काका अनुसार आगलागीबाट को १ ख ६२७४ नम्बरको कृष्ण बस, प्र १–०१–००१ ख ४०३७ नम्बरको कन्काई यातायात र बा ४ ख ५७५९ नम्बरको पाथिभरा दर्शन बस पूर्ण रूपमा जलेर नष्ट भएका छन् । को १ ख ३८४७ नम्बरको सुपर मादेन, बा ५ ख ५८१४ र बा ५ ख ५८०९ नम्बरका बसमा आंशिक क्षति पुगेको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानले बसको वायरिङमा ‘सर्ट सर्किट’ भएर आगो लागेको देखाएको छ । “सीसीटिभी फुटेज जाँच गर्दा कुनै शंकास्पद गतिविधि देखिएको छैन,” डीएसपी खड्काले भने, “बसकै प्राविधिक गडबडीका कारण आगलागी भएको हुनसक्ने हाम्रो अनुमान छ । थप अनुसन्धान भइरहेको छ ।”

प्रहरीका अनुसार आगलागीको सुरुवात विराटनगर–धरान रुटमा चल्ने को १ ख ६२७४ नम्बरको कृष्ण बसबाट भएको थियो । सोही बसमा एक महिनाअघि पनि गुडिरहेकै अवस्थामा आगलागी भएको  थियाे छ ।  उक्त बस मंगलबार राति करिब ९ बजे पार्किङका लागि ग्यारेजमा छिरेको थियो । त्यसको आधा घण्टापछि अर्थात् साढे ९ बजेबाट आगो देखिएकाे थियाे । प्रहरीलाई करिब १० बजे मात्रै जानकारी प्राप्त भएको थियो । खबर पाउनासाथ पुगेको प्रहरी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मिति: बुधबार, २७ फागुन, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.