अमेरिका– इरान युद्धका कारण चर्चामा ‘स्ट्रेट अफ होर्मुज’

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । अमेरिका–इजरायल र इरानबीचको युद्ध दुई जारी छ । दुई देशले आक्रमण गरेपछि इरानले स्टेट अफ हाेर्मुज बन्द गर्ने चेतावनी दिएकाे छ । पछिल्लो समय अमेरिकाले होर्मुज स्ट्रेट (जलडमरू क्षेत्र)मा माइन बिछ्याउने इरानले प्रयाेग गरेका १६ वटा डुंगा नष्ट गरेकाे दाबी पनि गरेकाे हाे ।

अमेरिकी सेनाको सेन्ट्रल कमाण्डले सामाजिक सन्जाल एक्समार्फत् आक्रमणको भिडियो सार्वजनिक गरी यो जानकारी दिएको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस्ता आक्रमण आगामी दिनमा पनि जारी रहने बताएका छन् ।

के हो स्ट्रेट अफ होर्मुज ?

स्ट्रेट अफ होर्मुज विश्वकै सबैभन्दा महत्त्वपूर्ण र रणनीतिक रूपमा संवेदनशील समुद्री मार्ग हो । यो एउटा साँघुरो जलमार्ग हो जसले खाडी मुलुकलाई ओमानको खाडी र अरब सागरसँग जोड्छ । यसको उत्तरमा इरान छ भने दक्षिणमा संयुक्त अरब इमिरेट्स (यूएई) र ओमान (मुसान्डम प्रायद्वीप) छ । यो मार्गलाई विश्वको ‘ऊर्जाको लाइफलाइन’ मानिन्छ ।

विश्वमा खपत हुने कुल पेट्रोलियम पदार्थको झण्डै २० प्रतिशत यही बाटो भएर ढुवानी हुन्छ । साउदी अरब, इराक, संयुक्त अरब इमिरेट्स, कुवेत र कतार जस्ता ठूला तेल र ग्यास उत्पादक राष्ट्रहरूले निर्यातका लागि यही मार्ग प्रयोग गर्छन् ।

यो जलमार्ग एकदमै साँघुरो छ । यसको सबैभन्दा साँघुरो विन्दुमा चौडाइ मात्र २१ माइल (३३ किलोमिटर) छ । जहाजहरू हिँड्ने मुख्य लेन २–२ माइल मात्र चौडा छ । भौगोलिक अवस्थितिका कारण यो मार्गमा इरानको बलियो पकड छ ।

इरान र अमेरिका वा अन्य पश्चिमा देशहरूबीच तनाव बढ्दा इरानले यो मार्ग बन्द गरिदिने धम्की दिइरहन्छ । यदि यो मार्ग अवरुद्ध भए भने विश्वभर तेलको मूल्य बढ्न सक्नेछ ।

प्रकाशित मिति: बुधबार, २७ फागुन, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.