राष्ट्रिय स्वतन्त्र पार्टीले कटयाे ५१ लाख मत

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीतर्फ मतगणना अन्तिम चरणमा पुग्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ५१ लाख मत कटाएकाे छ । हालसम्म कुल १ करोड ७ लाख ३२ हजार ९ सय ३२ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी एक्लैले ५१ लाख ३६ हजार ६ सय ७४ मत प्राप्त गरेको छ । यो कुल गणना गरिएको मतको करिब ४७.८ प्रतिशत हिस्सा हो ।

दोस्रो स्थानमा रहेको नेपाली काँग्रेसले १७ लाख ४८ हजार ३ सय ३६ मत प्राप्त गरेको छ भने तेस्रो स्थानमा रहेको नेकपा (एमाले) को पोल्टामा १४ लाख ४८ हजार ४ सय १२ मत परेको छ । पहिलो स्थानमा रहेको रास्वपा र दोस्रो स्थानमा रहेको काँग्रेसबीचको मतान्तर झण्डै ३४ लाख रहेको छ ।

नेपाली कम्युनिष्ट पार्टी ८,०४,१७१ मतका साथ चौथो स्थानमा छ । श्रम संस्कृति पार्टी ३,७८,५९४ मत ल्याउँदै पाँचौँ स्थानमा छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ३,२९,४६६ मतका साथ छैटौँ स्थानमा छ ।

 

प्रकाशित मिति: बुधबार, २७ फागुन, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.