राष्ट्रिय स्वतन्त्र पार्टीले कटयाे ५१ लाख मत

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीतर्फ मतगणना अन्तिम चरणमा पुग्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ५१ लाख मत कटाएकाे छ । हालसम्म कुल १ करोड ७ लाख ३२ हजार ९ सय ३२ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी एक्लैले ५१ लाख ३६ हजार ६ सय ७४ मत प्राप्त गरेको छ । यो कुल गणना गरिएको मतको करिब ४७.८ प्रतिशत हिस्सा हो ।

दोस्रो स्थानमा रहेको नेपाली काँग्रेसले १७ लाख ४८ हजार ३ सय ३६ मत प्राप्त गरेको छ भने तेस्रो स्थानमा रहेको नेकपा (एमाले) को पोल्टामा १४ लाख ४८ हजार ४ सय १२ मत परेको छ । पहिलो स्थानमा रहेको रास्वपा र दोस्रो स्थानमा रहेको काँग्रेसबीचको मतान्तर झण्डै ३४ लाख रहेको छ ।

नेपाली कम्युनिष्ट पार्टी ८,०४,१७१ मतका साथ चौथो स्थानमा छ । श्रम संस्कृति पार्टी ३,७८,५९४ मत ल्याउँदै पाँचौँ स्थानमा छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ३,२९,४६६ मतका साथ छैटौँ स्थानमा छ ।

 

प्रकाशित मिति: बुधबार, २७ फागुन, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.