समानुपातिकतर्फ पनि माेरङमा रास्वपा पहिलाे

Satya Sanchar सत्य सञ्चार

विराटनगर । प्रत्यक्ष तर्फ माेरङका ६ वटै क्षेत्र जितेकाे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मोरङबाट समानुपातिकतर्फ पनि भारी मत प्राप्त गरेको छ ।

मोरङमा समानुपातिकतर्फ ५ लाख ५ हजार ६८ मत खसेको थियो । त्योमध्ये २८ हजार ४९९ मत बदर भएको छ । सदर भएको ४ लाख ७६ हजार ५६९ मतमा धेरै ल्याएर रास्वपा पहिलो बनेको हो ।

अन्तिम मतपरिणाम अनुसार समानुपातिक मतमा पनि परम्परागत रूपमा जिल्लामा बलियो प्रभाव राख्दै आएका नेपाली कांग्रेस र नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी (नेकपा) निकै पछाडि परेका छन् । रास्वपाले मोरङ जिल्लाभरि २ लाख ५४ हजार २१ मत प्राप्त गरेको छ । सदर मतको ५३.३० प्रतिशत रास्वपाले पाएको छ ।

निर्वाचन आयोगका अनुसार ४६.७० प्रतिशत मत अरु दललाई गएको छ । मोरङमा समानुपातिकतर्फ ६६ हजार ९०७ मत ल्याएर कांग्रेस दोस्रो भएको छ । तेस्रो स्थानमा रहेको एमालेले ४९ हजार १३२ मत मात्रै ल्याएको छ ।

चौथो स्थानमा रहेको श्रम संस्कृति पार्टीले ४४ हजार २०१ र पाँचौं स्थानमा रहेको नेकपाले १९ हजार ९९६ मत पाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले १२ हजार ४३२, जनता समाजवादी पार्टी (जसपा) नेपालले ७ हजार ५१४ र राष्ट्रिय उर्जाशील पार्टी नेपालले २ हजार ६५४ मत प्राप्त गरेको आयोगले जनाएको छ ।

निर्वाचनको नतिजाले मोरङमा नयाँ राजनीतिक शक्तिको उदय भएको देखाउँछ । विशेष गरी युवा र वैकल्पिक राजनीति खोज्ने मतदाताको समर्थन रास्वपाले पाएको विश्लेषकहरु बताउँछन् । मोरङमा प्रतिनिधिसभा अन्तर्गत ६ वटा निर्वाचन क्षेत्र रहेका छन् । सबै क्षेत्रमा उल्लेखनीय मत प्राप्त गर्दै रास्वपा पहिलो बनेको छ ।

क्षेत्र नम्बर १ मा रास्वपाले २९ हजार २९८ मत प्राप्त गरेको छ । १७ हजार ५७० मतसहित श्रम संस्कृति पार्टी दोस्रो स्थानमा छ । एमालेले ९ हजार ६९२, कांग्रेसले ९ हजार ११८, नेकपाले २ हजार २७ र राप्रपाले १ हजार ६६५ मत प्राप्त गरेका छन् ।

क्षेत्र नम्बर २ मा रास्वपा ४३ हजार ५०७ मतसहिते पहलो छ । एमालेले १२ हजार ४०३, कांग्रेसले ११ हजार ६३१, श्रम संस्कृति पार्टीले २ हजार ४४०, राप्रपाले १ हजार ६४३ र नेकपाले १ हजार ५६३ मत ल्याएका छन् ।

क्षेत्र नम्बर ३ मा रास्वपाले ४३ हजार ५०७ मत प्राप्त गरेको छ । एमालेले १२ हजार ४०३, कांग्रेसले ११ हजार ६३१, श्रम संस्कृतिले २ हजार ४४०, राप्रपाले १ हजार ६४३ र नेकपाले १ हजार ५६३ मत पाएका छन् ।

क्षेत्र नम्बर ४ मा रास्वपा ४६ हजार १५७ मतसहित पहिलो बनेको छ । कांग्रेसले १० हजार ३४०, नेकपाले ६ हजार ५४५, एमालेले ६ हजार ३१४, राप्रपाले २ हजार ४१३ र श्रम संस्कृतिले १ हजार ४३० मत प्राप्त गरेका छन् ।

क्षेत्र नम्बर ५ मा रास्वपाले ३७ हजार ९४७ मत प्राप्त गरेको छ । कांग्रेसले ८ हजार ७९२, जसपाले ६ हजार ५१५, नेकपाले ६ हजार २२८, एमालेले ५ हजार ९३२ र राष्ट्रिय उर्जाशील पार्टीले २ हजार ३७४ मत पाएका छन् ।

क्षेत्र नम्बर ६ मा रास्वपाले सबैभन्दा धेरै ५४ हजार ५०० मत प्राप्त गरेको छ । कांग्रेसलाई ११ हजार ९६४, एमालेलाई ७ हजार २४, श्रम संस्कृति पार्टीलाई ३ हजार ७५४, राप्रपालाई ३ हजार ६३६ र नेकपालाई १ हजार ९३० मत प्राप्त भएको छ ।

समानुपातिकको मतपरिणामबाट मोरङको राजनीतिक परिदृश्यमा महत्वपूर्ण परिवर्तन भएको देखिन्छ । पुराना र परम्परागत दलभन्दा वैकल्पिक शक्तिका रूपमा उदाएको रास्वपाले उल्लेख्य मत पाएको हो ।

प्रत्यक्षतर्फ क्षेत्र नम्बर १ मा यज्ञमणि न्यौपाने, २ मा कृष्णकुमार कार्की, ३ मा गणेश कार्की, ४ मा सन्तोष राजवंशी, ५ मा आशा झा र ६ मा रुबिना आचार्य निर्वाचित भएका थिए ।

प्रकाशित मिति: मङ्गलबार, २६ फागुन, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.