काठमाडौं । जेनजी प्रदर्शन र त्यस क्रममा भएका हिंसात्मक घटनाको छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले आज आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ । पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा रहेको आयोगले आइतबार सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन हस्तान्तरण गरेको हो ।
सरकारले गत असोज ५ गते भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न यो आयोग गठन गरेको थियो । आयोगमा पूर्व एआईजी विज्ञानराज शर्मा र कानुन व्यवसायी विश्वेश्वर भण्डारी सदस्य रहेका थिए । प्रतिवेदन बुझाए पनि यसमा समेटिएका मुख्य निष्कर्ष र सुझावहरू भने सार्वजनिक गरिएको छैन ।
आयोगले छानबिनका क्रममा भदौ २३ र २४ को आन्दोलनमा युवाहरूको ज्यान जाने गरी भएको घटनाका विषयमा विस्तृत अध्ययन गरेको थियो । सो क्रममा १५० जनाभन्दा धेरै सरकारी अधिकारीहरू र आन्दोलनका प्रत्यक्षदर्शीहरूसँग बयान लिइएको आयोगले जनाएको छ ।
स्मरणीय छ, जेनजी आन्दोलन हुँदा मुलुकमा केपी शर्मा ओलीको नेतृत्वमा सरकार थियो । सो समयमा गृह मन्त्रीको जिम्मेवारीमा रमेश लेखक, गृह सचिवमा गोकर्णमणि दुवाडी, प्रहरी महानिरीक्षक (आईजीपी) मा चन्द्रकुवेर खापुङ र काठमाडौँको प्रमुख जिल्ला अधिकारीमा छविलाल रिजाल रहेका थिए ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,666)
जीवन विकासले बोलायो साधारणसभा (2,617)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,578)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,571)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,435)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,355)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,284)