मोरङमा रास्वपाको ‘क्लिन स्वीप’

Satya Sanchar सत्य सञ्चार

विराटनगर । प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मोरङ जिल्लामा क्लिन स्वीप गरेको छ । जिल्लाका सबै ६ वटा निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवारहरू विजयी हुँदै क्लिन स्वीप गरेका हाे ।

मोरङका ६ वटै क्षेत्रमा रास्वपाका उम्मेदवारहरूले फराकिलो मतान्तरले जित हात पारेका हुन् ।

निर्वाचन परिणाम अनुसार मोरङ क्षेत्र नम्बर १ मा यज्ञमणि न्यौपाने २७ हजार ३६७ मतका साथ विजयी भएका छन् । उनको निकटतम प्रतिद्वन्द्वी श्रम संस्कृति पार्टी उम्मेदवार शान्ती पाख्रिन लामाले १७,५२२ मत पाइन् ।

क्षेत्र नम्बर २ मा कृष्णकुमार कार्कीले ४० हजार ९२४ मत प्राप्त गर्दै जित सुनिश्चित गरेका छन् । निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का दिलिपकुमार अग्रवालले १५ हजार ६ सय २४ मत प्राप्त गरे । उनीहरूबीचको मतान्तर २५ हजार ३०० छ ।

क्षेत्र नम्बर ३ मा गणेश कार्की ३६ हजार ९२४ मत ल्याएर निर्वाचित भएका छन् । निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुनिलकुमार शर्मालाई १२ हजार बढी मतान्तरले पराजित गर्दै कार्की निर्वाचित भएका हुन् । कार्कीले ३६ हजार ९ सय २४ मत ल्याउँदा शर्माले २४ हजार ३ सय ५४ मत पाए, श्रम संस्कृति पार्टीका अमिर मगरले १६ हजार ५ सय ९ मत प्राप्त गरे ।

क्षेत्र नम्बर ४ मा सन्तोष राजवंशी ४० हजार ८३३ मतका साथ विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई २८ हजार १५ मतान्तरले पराजित गरे । घिमिरेले १२८१८ मत प्राप्त गरेका थिए ।

मोरङ क्षेत्र नम्बर ५ मा आशा झा ३० हजार ४३४ मत प्राप्त गरी विजयी भएकी छिन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार फूलकुमार लालबानीले ९,४१५ मत मात्र प्राप्त गरे । झा र लालबानीबीचको मतान्तर २१,०१९ छ ।

जिल्लाभरिमै सबैभन्दा धेरै मत क्षेत्र नम्बर ६ बाट रुविना आचार्यले प्राप्त गरेकी छिन् । उनले ५५ हजार ५१३ मत ल्याएर सानदार जित हासिल गरेकी हुन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेस नेता डाक्टर शेखर कोइरालाले १२ हजार ८५० मत प्राप्त गरे । एमालेका बिनोद ढकालले ८ हजार ३१७ मत प्राप्त गरे ।

२०७९ सालकाे निर्वाचनमा माेरङकाे क्षेत्र नम्बर १ बाट कांग्रेस उम्मेदवार डिगबहादुर लिम्बु, क्षेत्र नम्बर २ बाट एमाले उम्मेदवार ऋषिकेश पाेखरेल, क्षेत्र नम्बर ३ बाट कांग्रेस उम्मेदवार सुनिल शर्मा, क्षेत्र नम्बर ४ बाट नेकपा उम्मेदवार अमनलाल माेदी, क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवार याेगेन्द्र मण्डल र क्षेत्र नम्बर ६ बाट कांग्रेस नेता डाक्टर शेखर काेइराला विजयी भएका थिए ।

प्रकाशित मिति: आइतबार, २४ फागुन, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.