प्रतिनिधिसभा निर्वाचन : मतदानका लागि परिचयपत्र अनिवार्य

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । निर्वाचन आयोगले बिहीबार मतदान गर्न जाँदा मतदाता परिचयपत्र अनिवार्य रुपमा साथमा लैजान आग्रह गरेको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले सञ्चारकर्मीहरूसँग कुरा गर्दै मतदातालाई मतदान प्रक्रिया र आवश्यक कागजातका बारेमा स्पष्ट जानकारी गराएका हुन् ।

उनका अनुसार मतदाता परिचयपत्र हराएको, नासिएको वा नष्ट भएको अवस्थामा पनि मतदानबाट वञ्चित हुनु पर्दैन । यस्तो अवस्थामा नेपाली नागरिकताको प्रमाणपत्र, राहदानी (पासपोर्ट), राष्ट्रिय परिचयपत्र, सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)वा जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा)को सक्कल प्रति देखाएर पनि मतदान गर्न सकिने व्यवस्था गरिएको छ ।

तर, मतदाता नामावलीमा नाम भने हुनुपर्ने छ । मतदान केन्द्रमा पुगेपछि मतदाताको नामावली नाम रुजु गरिनेछ । त्यसपछि पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) तर्फको मतपत्र दिइनेछ ।

मतदाताले गोप्य मतदान कक्षमा गई आफूले रोजेको उम्मेदवारको चुनाव चिन्हमा छाप लगाएर मतपेटिकामा खसाल्नुपर्नेछ । त्यसपछि समानुपातिकतर्फको मतपत्र प्रदान गरिनेछ । जसमा मनपरेको राजनीतिक दलको चिन्हमा छाप लगाई छुट्टै मतपेटिकामा खसाल्नुपर्नेछ ।

भिडभाड कम गर्न मतदान केन्द्रमा प्रवेश र बाहिरिने छुट्टाछुट्टै ढोकाको व्यवस्था गरिएको आयोगले जनाएको छ  ।

प्रकाशित मिति: बुधबार, २० फागुन, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.