प्रतिनिधिसभा निर्वाचन : मतदानका लागि परिचयपत्र अनिवार्य

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । निर्वाचन आयोगले बिहीबार मतदान गर्न जाँदा मतदाता परिचयपत्र अनिवार्य रुपमा साथमा लैजान आग्रह गरेको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले सञ्चारकर्मीहरूसँग कुरा गर्दै मतदातालाई मतदान प्रक्रिया र आवश्यक कागजातका बारेमा स्पष्ट जानकारी गराएका हुन् ।

उनका अनुसार मतदाता परिचयपत्र हराएको, नासिएको वा नष्ट भएको अवस्थामा पनि मतदानबाट वञ्चित हुनु पर्दैन । यस्तो अवस्थामा नेपाली नागरिकताको प्रमाणपत्र, राहदानी (पासपोर्ट), राष्ट्रिय परिचयपत्र, सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)वा जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा)को सक्कल प्रति देखाएर पनि मतदान गर्न सकिने व्यवस्था गरिएको छ ।

तर, मतदाता नामावलीमा नाम भने हुनुपर्ने छ । मतदान केन्द्रमा पुगेपछि मतदाताको नामावली नाम रुजु गरिनेछ । त्यसपछि पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) तर्फको मतपत्र दिइनेछ ।

मतदाताले गोप्य मतदान कक्षमा गई आफूले रोजेको उम्मेदवारको चुनाव चिन्हमा छाप लगाएर मतपेटिकामा खसाल्नुपर्नेछ । त्यसपछि समानुपातिकतर्फको मतपत्र प्रदान गरिनेछ । जसमा मनपरेको राजनीतिक दलको चिन्हमा छाप लगाई छुट्टै मतपेटिकामा खसाल्नुपर्नेछ ।

भिडभाड कम गर्न मतदान केन्द्रमा प्रवेश र बाहिरिने छुट्टाछुट्टै ढोकाको व्यवस्था गरिएको आयोगले जनाएको छ  ।

प्रकाशित मिति: बुधबार, २० फागुन, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.