प्रतिनिधिसभा निर्वाचन : सुरु भयो मौन अवधि

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको मौन अवधि सुरु भएको छ । मतदानको ४८ घण्टाअघिदेखि निर्वाचनको मौन अवधि लागु हुन्छ । सोमबार राति १२ बजेदेखि आसन्न निर्वाचनको प्रचारप्रसार गर्न नपाइने कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए ।

मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जलेसम्म निर्वाचन आयोगले प्रचारप्रसार निषेध अवधि तोकेको छ । यो अवधिमा राजनीतिक दल, उमेदवार, सञ्चारकर्मी, सञ्चारमाध्यम, मतदातालगायत सरोकारवाला सबै पक्षले पालना गर्नुपर्ने विशेष आचरण तोकिएको छ ।

आयोगले फागुन ४ देखि १८ गतेसम्मका लागि निर्वाचन प्रचारप्रसारको समय निर्धारण गरेको थियो ।

मतदाताहरूले शान्त वातावरणमा बसेर उपयुक्त उमेदवार चयन गरुन् भन्ने मनशायमा विश्वव्यापी रूपमा नै मतदानअघिको केही समयलाई प्रचारप्रसार निषेध गर्ने प्रचलन रहेको आयोगका कार्यवाहक प्रमुख आयुक्त  भण्डारीले जानकारी दिए ।

प्रचारप्रसार निषेध अवधिमा निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न पाइँदैन । मतदान हुने दिनको ४८ घण्टाअघि मतदानस्थलको तीन सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उमेदवारका प्रचारप्रसार सामग्री हटाउन पनि सम्बन्धित दललाई आयोगले निर्देश गरेको छ ।

यो अवधिमा राजनीतिक दल तथा उमेदवार, दलका भ्रातृ संगठनहरूले सामाजिक सञ्जालमार्फत गरेका विज्ञापन तथा निर्वाचन प्रचारप्रसारका सामग्री हटाउनुपर्छ ।

कार्यवाहक प्रमुख आयुक्त भण्डारीले प्रचारप्रसार निषेध अवधिमा सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै पनि माध्यमबाट राजनीतिक दल वा उमेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसार सामग्री पोष्ट गरेको पाइए कारबाही हुने चेतावनी दिए ।

फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदै छ ।

प्रकाशित मिति: मङ्गलबार, १९ फागुन, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.