जीवन विकासको वार्षिकोत्सवमा १५१ स्थानमा सामाजिक काम

Satya Sanchar सत्य सञ्चार

विराटनगर । ग्रामीण तथा सहरी क्षेत्रका विपन्न महिलाहरूलाई आर्थिक रूपमा सबल बनाउँदै आएको जीवन विकास लघुवित्त वित्तीय संस्थाले आफ्नो ७ औं वार्षिकोत्सवको अवसरमा विभिन्न स्थानमा सामाजिक कार्यक्रम गरेको छ ।

घरदैलोमा पुगेर वित्तीय कारोवारसँगै सामाजिक सचेतना, वातावरण संरक्षण र शिक्षाको क्षेत्रमा काम गर्दै आएको जीवन विकासले शनिबार १५१ स्थानमा विभिन्न कार्यक्रम गरी वार्षिकोत्सव मनाएको हो ।

संस्थाले विभिन्न १० क्षेत्रमा १५१ वटा सामाजिक क्रियाकलाप सञ्चालन गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलले जानकारी दिए । संस्थाले आयोजना गरेको कार्यक्रममा लघुवित्तका कर्मचारी, विद्यार्थी, शिक्षक तथा समाजिक क्षेत्रका अगुवाहरुको सहभागिता थियो ।

जीवन विकासले ३० स्थानमा बजार सरसफाई र डस्टबिन सहयोग गरेको छ । ७६ स्थानमा विभिन्न मन्दिरहरूको सरसफाई, वृक्षारोपण र डस्टबिन वितरण कार्यक्रम गरेको छ ।

शिक्षा क्षेत्रलाई प्राथमिकता दिँदै आएको संस्थाले ४ स्थानमा विद्यालय सरसफाई र वृक्षारोपणसँगै विद्यार्थीहरूको बौद्धिक विकासका लागि हाजिरी जवाफ प्रतियोगिता आयोजना गरेको छ । ७ स्थानका विद्यालयमा सरसफाई तथा वृक्षारोपण कार्यक्रम आयोजना गरेको छ ।

विद्यालय सरसफाई तथा हाजिरीजवाफ प्रतियोगिता १५ स्थानमा आयोजना गरेको छ । थप तीन स्थानमा विद्यालय सरसफाईसँगै शैक्षिक सामग्री वितरण गरेको छ । १० विपन्न परिवारको आवास निर्माण गरिदिएको छ ।

जीवन विकासले वित्तीय सेवासँगै सामाजिक सेवालाई संस्थाको अभिन्न अङ्ग बनाएर काम गरिरहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत मण्डलले जानकारी दिए । ‘हामी ऋण लगानी र बचतमा मात्र सीमित छैनौं । घरदैलोमा पुगेर वित्तीय सेवासँगै सामाजिक सचेतना, वातावरण संरक्षण र शिक्षाको क्षेत्रमा काम गरिरहेका छौं,’ उनले भने,‘ सोही अभियानको निरन्तरता वार्षिकोत्सवमा दियौं ।’

जीवन विकासमा नेपालभरीका ३ लाख ५० हजारभन्दा बढी महिला सदस्यहरू जोडिएर नियमित आर्थिक कारोबार गरिरहेका छन् ।

प्रकाशित मिति: शनिबार, १६ फागुन, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.