रास्वपा माेरङका नेता ठगेन्द्र न्यौपाने एमाले प्रवेश

Satya Sanchar सत्य सञ्चार

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता ठगेन्द्र न्यौपाने नेकपा एमालेमा प्रवेश गरेका छन् । रास्वपा कोशी प्रदेश सदस्य न्याैपानेलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरे ।

न्यौपानेले २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा मोरङ–२ बाट रास्वपाका उम्मेदवारका रूपमा प्रतिस्पर्धा गरेका थिए । प्रतिस्पर्धामा उनी तेस्रो भएका थिए ।

मोरङको रतुवामाई–९, भौडाहा निवासी उनी रास्वपा स्थापनाकालदेखि नै संगठन विस्तारमा थिए । यसपटक उनी उम्मेदवारका आकाङक्षी थिए । पार्टीले कृष्ण कार्कीलाई टिकट दिएपछि उनले रास्वपा छाडेका हुन् । कार्कीमाथि जेनजी आन्दाेलनका क्रममा संसद भवन जलाउने कार्यमा संलग्न भएकाे आराेप छ ।

प्रकाशित मिति: शनिबार, १६ फागुन, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.