विराटनगर । यसअघिका निर्वाचनमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली हेलिकप्टर चढेर चुनावी प्रचारका लागि जिल्ला–जिल्ला पुग्थे, ठूला सभालाई सम्बोधन गर्थे र उखान–टुक्काले विपक्षीलाई प्रहार गर्थे । २०७४ र २०७९ को निर्वाचनमा सोही क्रम चल्यो । तर, अहिले समय बदलिएको छ। तिखो व्यङ्ग्य र आक्रामक भाषणका पर्याय मानिने ओली अहिले आफ्नै निर्वाचन क्षेत्र झापा–५ का टोल–टोलमा विनम्र भेटिन्छन् ।
ओलीको क्षेत्र प्रधानमन्त्री बन्ने उद्घोषसहित बालेन शाह आएपछि देश दौडाहा छाडेर ओली झापा क्षेत्र नम्बर ५ मा केन्द्रित भएका हुन् । एका तर्फ बालेन शाहको देशदौडाहा निस्किएर सिस्टम हल्लाइरहेका छन्, अर्कोतिर राष्ट्रिय राजनीतिका चतुर खेलाडी ओली भने बालेनको त्यही लहरबाट आफ्नो किल्ला जोगाउन झापाका घर गाउँ केन्द्रित भएका छन् । चुनावी प्रचार सुरु भएपछि उनी जम्मा दुई पटक छाेटाे समयका लागि काठमाडाैं पुगेका थिए ।
बुधबार झापाको गौरीगञ्ज–३ का क्याम्पस मोड, ठेकी टोला र तेककानीका स्थानीय अचम्मित भए। २०४८ सालदेखि सोही क्षेत्रबाट चुनाव लड्दै आएका ओली ती ठाउँमा यसअघि कहिल्यै पुगेका थिएनन् । मतदातालाई भेटेर उनले भोट मागे । गौरीगञ्ज गाउँपालिका–३ का वडाध्यक्ष श्रवण गिरी २०७४ सालयताका निर्वाचनमा ओली पुगेको जानकारी नभएको बताउँछन् । ‘पहिले बा साइकलमा घुमेको क्षेत्र हो,’ उनले भने,‘ २०७९ मा गौरीगञ्जमा आमसभामा जानु भएको थियो ।’
विगतमा देश दौडाहमा निस्किने ओलीको शैली फेरिएको छ । उनी अचेल नरम सुनिन्छन् । मतदाताका गुनासो सुन्छन्, रुष्ट कार्यकर्ताको घरमै पुगेर चिया खान्छन् । बालेन शाहले देशभरि सिर्जना गरेको ‘स्वतन्त्र लहर’ र पुराना दलप्रतिको वितृष्णाका कारण ओली यतिबेला रक्षात्मक अवस्थामा पुगेका हुन् ।
बालेन शाहको उदयले देशभरका युवाहरूको मनोविज्ञान बदलिएको छ। यसको सीधा असर ओलीको निर्वाचन क्षेत्रमा पनि परेको छ । आफ्नो गढ भत्किने डरले ओलीले काठमाडौंका राजनीतिक कार्यक्रमहरू त्यागेर झापामै डेरा जमाएको नेताहरु बताउँछन् ।
नेकपा एमाले दमक स्रोतका अनुसार बालेनको प्रवेशपछि आफूलाई संकटमा देखेका ओली कार्यकर्ता र मतदाताको घरघर पुगिरहेका छन् । ‘बालेनको आगमन र पार्टी भित्रको असन्तुष्टीका कारण उहाँलाई समस्या थियो,तर, अवस्था पहिलेजस्तो छैन,’ एमाले दमक स्रोतले भन्यो,‘ कार्यकर्तालाई समेट्दै समेट्दै ल्याउँदै हुनुहुन्छ ।’
उनको कार्यशैली पनि फेरिएको छ । ‘ अध्यक्षको पहिलेको व्यावहार र अहिलेको व्यवहारमा निकै अन्तर छ, कठोर देखिने अध्यक्षज्यू अहिले नम्र देखिनुहुन्छ,’ ती नेताले भने,‘ क्षेत्र सम्हाल्नलाई नै यहाँ बस्नु भएको हो ।’
नेकपा एमाले कोशी प्रदेशका सचिव राजकुमार भण्डारी पार्टीको ठूला आमसभा नभएका कारण ओली देश दौडाहामा ननिस्कीएको बताउँछन् । ‘ सुखी नेपाली समृद्ध नेपालको अवधारणा लिएर हिजो देशदौडामा जानु भएको हो,’ उनले भने,‘ यसपाली पार्टीले त्यस्तो ठूलो आमसभा राखेको छैन ।’ आमसभा नराखेका कारण बाहिर नगएको उनी बताउँछन् ।
बालेन शाहले देशभरि सिर्जना गरेको लहर र पुराना दलप्रतिको वितृष्णाका कारण ओली रक्षात्मक अवस्थामा पुगेको राजनीतिक विश्लेषक गिरिश भट्टराई बताउँछन् । लामो राजनीतिक यात्राको उत्तरार्धमा रहेका ओली राजनीतिक क्षति नहोस् भनेर क्षेत्रमा केन्द्रित भएको उनले बताए ।
‘यस्तो अवस्थामा कुनै पनि राजनीतिक दुर्घटना (हार) नहोस् भन्नका लागि उनी पार्टीको समग्र चुनावी अभियानभन्दा बढी आत्मकेन्द्रित बन्न पुगेका देखिन्छन्,’ उनले भने,‘ विगतका चुनावमा ओलीले आफ्नो निर्वाचन क्षेत्रमा विरलै मात्र घरदैलो गर्थे, तर, यसपटक परिस्थिति फेरिएको छ। उनले झापा– ५ लाई पर्याप्त समय दिनुको मुख्य कारण त्यहाँ सिर्जना हुन सक्ने राजनीतिक भ्याकुममा बालेनले खेल्न सक्ने डर हो ।’
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,580)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,573)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,437)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)