रन्जितलाई प्रचण्डको फोन : झापा–५ बाट जितेर आउनुहाेला

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । झापा क्षेत्र नम्बर ५ मा कुनै दलहरूसँग सहकार्य नहुने नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । बिहीबार झापा–५ का उम्मेदवार रन्जित तामाङलाई टेलिफोन सम्पर्क गर्दै उनले सामाजिक सञ्जालमा फैलिएको अफवाहलाई नपत्याई सक्रिय भएर लाग्न भनेका हुन् ।

प्रचण्डसँग फोनवार्ता भएको तामाङले बताए । ‘मैले अध्यक्षसँग भर्खरै कुराकानी गरेँ । बाहिर जे बजारमा हल्ला आएको छ । कहीँ पनि अलाएन्स हुँदैन पनि,’प्रचण्डले आफूलाई फोनमा भनेको कुरा उद्धृत गर्दै तामाङले भने, ‘कुनै पनि छलफल कुराकानी भएको छैन र हुँदैन पनि । हामी दृढतापूर्वक लागौं भन्नुभएको छ ।’

जितर आउनु भन्दै प्रचण्डले शुभकामना पनि दिएकाे उनले बताए ।

प्रचण्डले सक्रिय भएर खटिन पनि पार्टी पंक्तिलाई आग्रह गरेको उनले जानकारी गराए । फोनवार्ताका क्रममा तामाङले पूर्वमा सभा राख्न लागिएको र त्यसमा प्रचण्डलाई पनि सहभागीका लागि आग्रह गरेको बताए ।

प्रकाशित मिति: बिहिबार, १४ फागुन, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.