माेरङ कारागारमा कैदीकाे मृत्यु

Satya Sanchar सत्य सञ्चार

विराटनगर । जिल्ला कारागार मोरङमा सजाय भुक्तान गरिरहेका एक जना कैदीको मृत्यु भएको छ । मोरङको उर्लाबारी नगरपालिका–३ घर भएका ३७ वर्षीय सनम तामाङको बुधबार राति मृत्यु भएको हाे ।

कारागार प्रशासक गौरव ढुंगेलका अनुसार अचानक श्वासप्रश्वास सम्बन्धी समस्या देखिएपछि तामाङलाई उपचारका लागि मंगलबार राति १० बजेतिर विराटनगरको कोशी अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा बुधबार राति १०ः४६ बजेतिर मृत्यु भएको हाे ।

तामाङ लागुऔषध मुद्दाका कैदी हुन् । उनलाई जिल्ला अदालत मोरङले २ वर्ष ६ महिना कैद सजाय सुनाएको थियो । अदालतको आदेशबाट तामाङलाई २०८१ असोज १६ गते कारागार चलान गरिएको थियो ।

प्रकाशित मिति: बिहिबार, १४ फागुन, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.