धरानमा विमानस्थलका लागि रोक्का जग्गा फुकुवा

Satya Sanchar सत्य सञ्चार

सुनसरी । धरान उपमहानगरपालिका-१७, डाँडाघोपामा प्रस्तावित विमानस्थलका नाममा साढे दुई वर्षदेखि रोक्का गरिएको जग्गा फुकुवा भएको छ ।

निवर्तमान नगर प्रमुख हर्कराज साम्पाङ राईले २०८० भदौ ११ गते एयरपोर्ट निर्माण गर्ने भन्दै ५ सयभन्दा बढी घरपरिवारको जग्गा बिक्री-वितरण र सिफारिसमा रोक लगाएका थिए । एयरपोर्ट नबन्ने निश्चित हुँदा पनि जग्गा फुकुवा नभएपछि स्थानीय बासिन्दा मर्कामा परेका थिए ।

साम्पाङले पदबाट राजीनामा दिएर प्रतिनिधिसभा सदस्यकाे निर्वाचनमा हाेमिएपछि कार्यवाहक मेयरको जिम्मेवारी सम्हालेका अइन्द्रविक्रम बेघाले स्थानीयको माग सम्बोधन गर्दै जग्गा फुकुवा गर्ने निर्णय गरेका हुन् ।

मंगलबारदेखि नै लागू हुने गरी ‘यति इन्कर्पोरेट’को नाममा रहेको ६ बिघा जग्गाबाहेक अन्य सबै सर्वसाधारणको जग्गा फुकुवा गरिएको हो ।

कार्यवाहक मेयर बेघाले जग्गा फुकुवाको आधिकारिक पत्र वडा कार्यालय, मालपोत र नापी कार्यालयमा पठाइसकिएको जानकारी दिए ।

प्रकाशित मिति: बुधबार, १३ फागुन, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.