निर्वाचनका लागि तीन दिन बिदा

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै ३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले फागुन २०, २१ र २२ गते गरी ३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । निर्वाचनको तयारी, मतदान र मतदानपश्चात् हुन सक्ने व्यवस्थापनलाई मध्यनजर गर्दै सरकारले यो निर्णय गरेकाे हाे ।

निर्वाचन आयोगले मतदानमा मतदाताहरूको बढीभन्दा बढी सहभागिता जुटाउन र कर्मचारी एवं सुरक्षाकर्मी परिचालनमा सहजता ल्याउन सरकारसमक्ष ३ दिन बिदा दिन सिफारिस गरेको थियो ।

आयोगको सोही सिफारिस र निर्वाचनको संवेदनशीलतालाई ध्यानमा राख्दै सरकारले बिदा दिने निर्णय गरेको जनाइएको छ । यो निर्णयसँगै फागुन २० गतेदेखि २२ गतेसम्म देशभरका सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक निकायहरू बन्द रहनेछन् । त्यसअघि हाेलीकाे बिदा छ ।

प्रकाशित मिति: मङ्गलबार, १२ फागुन, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.