विराटनगर । राष्ट्रीय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानले कांग्रेस सभापति गगन थापालाई जवाफ फर्काएका छन् । इटहरीमा आयोजित सभालाई सम्बोधन गर्दै उनले २० वर्ष सांसद भएको मान्छेलाई बल्ल कानुनी ज्ञान आएको भन्दै टिप्पणी गरे ।
केहीदिनअघि रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह(बालेन)को अभिव्यक्तिको प्रतिरक्षा गर्दै सभापति लामिछानेले निर्माण व्यवसायी आत्तिन नपर्ने पनि बताए । कांग्रेस सभापति गगन थापाले कसैलाई बाध्ने नभइ कानुन संशाेधन गर्नुपर्ने बताएका थिए ।
‘२०– २० वर्ष सांसद र मन्त्री भएपछि बल्ल बाटोघाटो बनाउन १२–१५ वटा कानुन फेर्नुपर्छ भन्ने ज्ञान आयो तपाईँहरूलाई,’ उनले भने,‘ बल्ल ज्ञान आयो,तपाईँको ज्ञान तपाईँसँगै राख्नुहोला ।’
‘निर्माण व्यवसायीहरू आत्तिनुपर्दैन् । अब देश विकास निर्माणको बाटोमा अगाडि बढ्यो,’ सभापति लामिछानेले भने,‘बाँध्ने भनेको कानुनले बाँध्ने भनेको हो, कानुनअनुसार काम गरे कसैले केही गर्दैन ।’
धनगढीको चुनावी सभामा बालेनले सडक बनाउन ढिलासुस्ती गर्नेलाई रुखमा बाँधेर हुन्छ कि, थुनेर हुन्छ छिटो बनाउन लगाउने भनेका थिए ।
उनले विकास निर्माणका काममा दुई देखि ती सिफ्टमा काम हुने बताए । ‘म निर्माण व्यवसायी साथीहरूलाई भन्न चाहन्छु–हुन सकेसम्म दुई सिफ्ट, तीन सिफ्टमा काम हुन्छ । रातरात काम हुन्छ,’ उनले भने,‘तपाईँसँग भएका उपकरण पर्याप्त छैनन् होला । विज्ञप्ति निकाल्नुपर्दैन, केके उपकरण ल्याउने हो, कसरी ल्याउनुपर्ने हो ल्याउनुस् । अब नेपाल विकास निर्माणको बाटोमा जान्छ, कसैले छेक्न सक्दैन ।’
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,580)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,573)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,437)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)