काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीले भैरहवा र पोखरामा गर्ने तय भएकाे सभा स्थगित भएको छ । रास्वपाले शनिबार भैरहवा र आइतबार पोखरामा सभाको आयोजना गरेको थियो ।
परिवर्तन उद्घोष सभा नाम दिइएको उक्त सभालाई सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले सम्बोधन गर्दै आएका छन् । भैरहवा र पोखराको सभा दुई कारणले स्थगित भएको रास्वपा सहप्रवक्ता प्रतिभा रावलले जानकारी दिइन् ।
उनका अनुसार नेताहरूको समयको व्यवस्थान गर्न नसकिएको र सचिवालय तहका नेताहरू बसेर आन्तरिक योजना, गृहकार्य बनाउनुपर्ने, पार्टीको रणनीति तर्जुमा गर्नुपर्ने भएकाले तत्कालका लागि ती पूर्वनिर्धारित ती सभा स्थगित गरिएको हो । परिवर्तन उद्घोष सभाको परिमार्जित तालिका भोलि सार्वजनिक गरिने पनि सहप्रवक्ता रावलले जानकारी दिइन् ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,580)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,573)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,437)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,355)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)