विराटनगरमा सीमा सुरक्षा बैठक : तीन दिन नाका बन्द गर्ने सहमति

Satya Sanchar सत्य सञ्चार

विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सीमा नाका ७२ घण्टाका लागि बन्द गर्ने सहमति भएको छ ।

भारतसँग सीमा जोडिएका कोशी प्रदेशका तीन जिल्ला झापा, मोरङ सुनसरी र ती जिल्लासँग जोडिएका भारतको किशनगञ्ज, अररिया र सुपौल जिल्लाका सुरक्षा प्रमुखको बैठकले मतदानको ७२ घण्टा अगाडिदेखि सीमा नाका पूर्ण रूपमा बन्द गर्ने सहमति भएको हो ।

बैठकको सहमति अनुसार फागुन १८ गते रातिदेखि फागुन २१ गते रातिसम्म सीमा नाका बन्द हुनेछ । नाका बन्द भएको अवधिमा अत्यावश्यक सेवाबाहेक सबै प्रकारका आवागमनलाई निषेध गरिनेछ ।

बैठकमा नेपाली पक्षले भारतीय सुरक्षा निकालयलाई निर्वाचन प्रचारप्रसारका लागि भारतीय सवारीको प्रवेश रोक्नका लागि पनि सहयोग मागेको मोरङमा सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले जानकारी दिए ।

सुरक्षा र प्रशासनिक निकायको संयुक्त बैठकमा दुवै देशका सुरक्षा निकायले सीमा क्षेत्रमा संयुक्त गस्ती बढाउने सहमति पनि भएको छ ।

बैठकमा तेस्रो मुलुकका नागरिकको अनाधिकृत प्रवेश, लागुऔषध ओसारपसार, मानव बेचबिखन, नक्कली मुद्राको कारोबार, हातहतियार तथा अवैध नगद तस्करी जस्ता सीमापार अपराध नियन्त्रण गर्ने प्रतिबद्धता सहमति भएको मोरङमा सहायक प्रमुख जिल्ला अधिकारी कोइरालाले जानकारी दिए ।

प्रकाशित मिति: शुक्रबार, ०८ फागुन, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.