प्रतिनिधिसभा निर्वाचन : टिकटक बनाएर ५० हजार जित्ने अवसर

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई लक्षित गर्दै निर्वाचन आयोगले सामाजिक सञ्जालमार्फत मतदाता सचेतना फैलाउने उद्देश्यसहित टिकटक भिडियो प्रतियोगिता घोषणा गरेको छ ।

युवापुस्तालाई निर्वाचन प्रक्रियामा जोड्ने र डिजिटल माध्यमबाट सकारात्मक सन्देश प्रवाह गर्ने लक्ष्यसहित आयोगले ‘टिकटक भिडियो प्रतियोगिता’ अघि सारेको हो । आयोगका अनुसार प्रतियोगितामा सहभागी हुन चाहनेले निर्वाचनको महत्व, मत हाल्ने सही तरिका, मतदाताको अधिकार र कर्तव्य, उम्मेदवार छनोटका आधार वा निर्वाचन आचारसंहिताजस्ता विषय समेटेर अधिकतम एक मिनेटको मौलिक भिडियो तयार गर्नुपर्नेछ ।

भिडियो संवादमूलक, सन्देशप्रधान र आफ्नै मौलिक अडियो तथा अभिनयमा आधारित हुनुपर्ने स्पष्ट सर्त राखिएको छ । प्रतियोगितामा प्राप्त भिडियोमध्ये सबैभन्दा बढी भ्युज प्राप्त गर्ने र सन्देशका दृष्टिले प्रभावकारी ठहरिने तीन उत्कृष्ट भिडियोलाई नगद पुरस्कार प्रदान गरिनेछ ।

प्रथम हुनेले ५० हजार रुपैयाँ, दोस्रो हुनेले ३० हजार रुपैयाँ र तेस्रो हुनेले २० हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नेछन् । भिडियोको गुणस्तर, प्रस्तुति, अभिनय, मौलिकता र समाजमा पार्ने प्रभावलाई छनोटको मुख्य आधार बनाइने आयोगले जनाएको छ ।

सहभागीले आफ्नो भिडियो टिकटकसहित अन्य सामाजिक सञ्जालमा अपलोड गरी त्यसको लिंक आगामी फागुन १७ गतेभित्र आयोगको आधिकारिक इमेलमा पठाउनुपर्नेछ । एक व्यक्तिले एउटै विषयमा एउटा मात्र भिडियो पठाउन पाउने व्यवस्था गरिएको छ ।

आयोगले उत्कृष्ट ठहरिएका भिडियोहरू आफ्ना आधिकारिक सामाजिक सञ्जालमार्फत पुनः प्रसारण गर्ने तयारीसमेत गरेको छ । सामाजिक सञ्जालको बढ्दो प्रयोगलाई निर्वाचन शिक्षा र सचेतनासँग जोड्ने प्रयासस्वरूप ल्याइएको यो अभियानले युवाहरूको सक्रियता बढाउने अपेक्षा आयोगको छ ।

प्रकाशित मिति: शुक्रबार, ०८ फागुन, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.