वार्षिक १० लाखसम्म आयकर छुट दिने गगनकाे प्रतिज्ञा

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले व्यक्तिगत आयकर छुटकाे दर बढाउने घोषणा गरेका छन् ।

बिहीबार काठमाडौंमा आयोजित पार्टीको ‘प्रतिज्ञापत्र’को सवाल-जवाफ कार्यक्रममा थापाले वार्षिक १० लाखसम्मको आम्दानीमा कर नलगाउने प्रतिज्ञा गरे ।

अहिले ३० प्रतिशतसम्म रहेको व्यक्तिगत आयकरलाई अधिकतम २५ प्रतिशतमा झार्ने उनको भनाइ छ ।

करका सबै प्रकारका दरलाई सरलीकृत गर्ने पार्टीको योजना रहेको थापाको भनाइ छ ।

“नेपाललाई विदेशी लगानीको आकर्षणको केन्द्र बनाउने, भाषणले मात्र लगानी आउदैन । यसको लागि हामीले नीतिमै सुधार गर्न आवश्यक छ,” थापाले भने, “हामी १० लाखसम्मको व्यक्तिगत आम्दानीमा कर नलगाउने प्रतिज्ञा गर्छौं ।”

प्रकाशित मिति: बिहिबार, ०७ फागुन, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.