स्थिर सरकारका लागि चुनाव अघि राष्ट्रिय सहमति गर्न कांग्रेस उपसभापतिकाे प्रस्ताव

Satya Sanchar सत्य सञ्चार

विराटनगर । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले चुनावअघि नै पाँच वर्ष स्थिर सरकारका लागि राष्ट्रीय सहमति गर्नु पर्ने बताएका छन् । धरानको भानु चोकमा बिहीबार आयोजित सुनसरी क्षेत्र नम्बर– १ का उम्मेदवार सुजेन्द्र तामाङको चुनावी ‘प्रतिबद्धता घोषणासभा’मा उनले यस्तो प्रस्ताव गरेका हुन् ।

कांग्रेस बहुमत ल्याउने लक्ष्य रहेको बताउँदै उनले ५ वर्ष स्थिर रहने सरकारका लागि चुनाव अघि नै राष्ट्रिय सहमति गरौं भन्ने आफ्नो व्यक्तिगत प्रस्ताव र आह्वान रहेको बताए ।

‘प्रधानमन्त्री ५ वर्ष टिक्न–टिकाउन नयाँ सोच सहितको संवैधानिक प्रावधान राख्न जरुरी छ । यो किन भने बितेको ७५ वर्षमा कुनै पनि प्रधानमन्त्री लगातार ५ वर्ष टिक्न सकेनन्,’ उनले भने ।

प्रत्यक्षको सिट र लोकप्रिय मतको आधारमा पहिलो हुने दलको प्रधानमन्त्रीले पूरै ५ वर्ष शासन गर्ने, बहुमत नपुगेमा ‘विनर्स टेक अल’को नीति बमोजिम अपुग संख्या सुनिश्चित गर्ने, दोस्रो–तेस्रो लगायतका दल सरकारमा नगएर पूरै ५ वर्ष प्रतिपक्षी कित्तामा बस्ने अवधारणामा चुनाव पूर्व जरुरी राष्ट्रिय सहमति गर्नुपर्ने उनको प्रस्ताव छ ।

सभामुख चयनपछि बस्ने संसद्‍को पहिलो बैठकबाट त्यो सहमतिलाई संविधानमा अंकित गर्नु पर्ने उनको प्रस्ताव छ । ‘चुनाव पूर्व सरकार, दलहरू, बौद्धिक क्षेत्र र जेनजी सहितको वृहत् सम्मेलन गरौं । त्यसबाट वर्तमान संविधान र समग्र पद्धतिमा दर्जन बढी सुधारको बुँदागत सहमति गरौं । सार्वजनिक रूपले हाम्रो प्रस्ताव छ ।’ उनले भने ।

प्रकाशित मिति: बिहिबार, ०७ फागुन, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.