राष्ट्रिय उर्जाशील पार्टीको बढ्दो प्रभाव : रंगेली र कर्सियामा सम्पर्क कार्यालय उद्घाटन

Satya Sanchar सत्य सञ्चार

विराटनगर । आगामी फागुन २१ गते हुने निर्वाचन मिति नजिकिएसँगै मोरङको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ५ मा राजनीतिक सरगर्मी बढेको छ । दल र स्वतन्त्र उम्मेदवारले चुनावी प्रचारप्रसार अभियान सञ्चालन गरिरहेका छन्।

यसैक्रममा राष्ट्रिय उर्जाशील पार्टी, नेपालले आफ्नो संगठन विस्तार र जनपरिचालन अभियानलाई तिब्र बनाएकाे छ । चुनावी अभियानलाई व्यवस्थित र प्रभावकारी बनाउन साे पार्टीले मोरङको रंगेली नगरपालिकाकाे रंगेली बजार र धनपालथान गाउँपालिकाको कर्सिया बजारमा सम्पर्क कार्यालय स्थापना गरेकाे छ । यसअघि विराटनगरको रानीमा पार्टीले मुख्य चुनावी कार्यालय स्थापना गरेकाे थियाे ।

पार्टीका केन्द्रीय अध्यक्ष एवं मोरङ क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार योगेन्द्र मण्डलले दुवै कार्यालयको उद्घाटन गरेका हुन् । २०७९ सालको आम निर्वाचनमा क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका मण्डलले ‘जेनजी’ आन्दोलनको भावना र जनचाहनालाई सम्बोधन गर्न आफ्नै नेतृत्वमा ‘राष्ट्रिय उर्जाशील पार्टी’ गठन गरेका थिए । पार्टी गठन लगतै निर्वाचनमा हाेमिएकाे उर्जाशीलले संगठन विस्तार र चुनावी अभियानलाइ एकैसाथ अघि बढाएकाे छ ।

नयाँ सोचको संकल्प

रंगेलीमा आयोजित उद्घाटन समारोहमा बोल्दै अध्यक्ष मण्डलले नयाँ सोच,नयाँ नेतृत्व र परिवर्तनको दृढ संकल्पको सुरुवात भएको बताए । उनले नेपालवादको सिद्धान्त लिएर निर्वाचनमा होमिएको बताए । ‘हामी अब विभाजन होइन एकता, निराशा होइन आशा र भ्रष्टाचार होइन पारदर्शिताको राजनीति गर्नेछौं, उनले भने ।

कर्सिया बजारमा आयोजित सभामा उनले जनताले आफूमाथि गरेको विश्वासलाई कर्ममार्फत प्रमाणित गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने,”स्वतन्त्र सांसदका रूपमा मैले सुरु गरेका अभियानलाई पार्टीगत शक्तिका साथ पुरा गर्नु मेरो लक्ष्य हो ।”

दुवै कार्यक्रममा स्थानीय युवा, किसान, महिला, विभिन्न पेसाकर्मी तथा सामाजिक अगुवाहरूको उल्लेख्य र उत्साहजनक सहभागिता थियो । सो अवसरमा विभिन्न पार्टी परित्याग गरी सयौंको संख्यामा स्थानीय नेता तथा कार्यकर्ताहरू राष्ट्रिय उर्जाशील पार्टीमा प्रवेश गरेका छन् ।

नवप्रवेशीहरूलाई स्वागत गर्दै अध्यक्ष मण्डलले उर्जाशील पार्टीले युवाहरूको जोस र पुरानाहरूको अनुभवलाई समेटेर अघि बढ्ने बताए ।

प्रकाशित मिति: बुधबार, ०६ फागुन, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.