काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन शाहले काम माग्न नै आफूहरु धनगढीमा आइपुगेको बताएका छन् ।
धनगढीमा भएको सभामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
“म यहाँ बोल्न आएको होइन, काम माग्न आएको हो,” उनले भने,“भोट नदिए पनि हुन्छ कामको लिष्ट दिनू । रास्वपाले काम गरेर देखाउँछ ।”
उनले सुदूरपश्चिम अब सु (नजिक) पश्चिम हुनुपर्ने बताए ।
“आँखा हेर्न पर्दैन । म धेरै बोल्दिनँ,” उनले कार्यकर्ता तथा समर्थकतिर हेर्दै भने, “धेरै धेरै माया तम्लाई ! आई लभ यू ।”
उनले सुदूरपश्चिमले भनेका काम पूरा गर्ने पार्टी रास्वपा भएको बताए । “खल्तीमा पैसा नभएको विपन्न गरिबले शिक्षा पाउनुपर्यो । उपचार पाउनुपर्यो त्यो हो हाम्रो एजेन्डा । दुई वर्षमा बन्ने बाटो डेढ वर्षमा बन्नुपर्यो त्यो हो हाम्रो एजेन्डा,’ उनले भने,’रास्वपा सरकारमा गए कांग्रेस, एमाले र माओवादी हिँड्ने बाटो बनाउँछौँ । हामी नेपाल माल भएको चाल नभएको भयौँ । सुदूरपश्चिममा धेरै कलाकार हुनुहुन्छ उहाँहरुका स्वर काठमाडौंका चोकमा घन्किनुपर्छ ।”
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,580)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,573)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,437)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)