इटहरीमा सवारी दुर्घटना हुँदा दुई जनाकाे मृत्यु

Satya Sanchar सत्य सञ्चार

विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिकाका दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । मंगलबार साँझ भएका दुर्घटनामा एक मोटरसाइकल चालक र एक साइकल यात्रीले ज्यान गुमाएका हुन् ।

मंगलबार बेलुका करिब ५ बजे इटहरी–१३, ट्रान्सपोर्ट नजिकै कोशी लोकमार्गमा विराटनगरबाट इटहरीतर्फ जाँदै गरेको म.प्र. ०३-००२ ख १८१७ नम्बरको ट्रकले विपरीत दिशाबाट जाँदै गरेको प्र १-०२-०४३ प ७००० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका अन्दाजी ३०–३२ वर्षका पुरुषको उपचारका क्रममा साँझ ५:३२ बजे विराट मेडिकल कलेज बुढीगंगामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ट्रक चालकको लापरबाहीका कारण दुर्घटना भएको हो । ट्रक र चालक मकवानपुर मनहरी–१ बस्ने २४ वर्षीय सरोज लामालाई इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएको छ ।

इटहरी–६ स्थित पूर्व–पश्चिम राजमार्गको गोल चोकमा बेलुका ५:५० बजेतिर पश्चिमबाट मोडिएर धरानतर्फ जाँदै गरेको प्र १-०२-००२ ख ०५९२ नम्बरको ट्रकले एक साइकल यात्रीलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका मोरङ सुन्दरहरैँचा–५ का ४० वर्षीय कुमार श्रेष्ठको धरानस्थित बि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हाे । ठक्कर दिने ट्रक र चालक तेह्रथुम लालीगुराँस–७ का २७ वर्षीय दिल बहादुर मगरलाई प्रहरी चौकी तरहराले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: मङ्गलबार, ०५ फागुन, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.