विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिकाका दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । मंगलबार साँझ भएका दुर्घटनामा एक मोटरसाइकल चालक र एक साइकल यात्रीले ज्यान गुमाएका हुन् ।
मंगलबार बेलुका करिब ५ बजे इटहरी–१३, ट्रान्सपोर्ट नजिकै कोशी लोकमार्गमा विराटनगरबाट इटहरीतर्फ जाँदै गरेको म.प्र. ०३-००२ ख १८१७ नम्बरको ट्रकले विपरीत दिशाबाट जाँदै गरेको प्र १-०२-०४३ प ७००० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका अन्दाजी ३०–३२ वर्षका पुरुषको उपचारका क्रममा साँझ ५:३२ बजे विराट मेडिकल कलेज बुढीगंगामा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ट्रक चालकको लापरबाहीका कारण दुर्घटना भएको हो । ट्रक र चालक मकवानपुर मनहरी–१ बस्ने २४ वर्षीय सरोज लामालाई इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएको छ ।
इटहरी–६ स्थित पूर्व–पश्चिम राजमार्गको गोल चोकमा बेलुका ५:५० बजेतिर पश्चिमबाट मोडिएर धरानतर्फ जाँदै गरेको प्र १-०२-००२ ख ०५९२ नम्बरको ट्रकले एक साइकल यात्रीलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका मोरङ सुन्दरहरैँचा–५ का ४० वर्षीय कुमार श्रेष्ठको धरानस्थित बि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हाे । ठक्कर दिने ट्रक र चालक तेह्रथुम लालीगुराँस–७ का २७ वर्षीय दिल बहादुर मगरलाई प्रहरी चौकी तरहराले नियन्त्रणमा लिएको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,430)
जीवन विकासले बोलायो साधारणसभा (2,402)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,357)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,342)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,214)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,149)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,581)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,559)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,109)