माेरङ ५ का एमाले उम्मेदवारले सार्वजनिक गरे प्रतिबद्धता पत्र

Satya Sanchar सत्य सञ्चार

विराटनगर । प्रतिनिधिसभा निर्वाचनका लागि मोरङ क्षेत्र नम्बर ५ का नेकपा (एमाले) उम्मेदवार मनोजकुमार अग्रवालले चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । अग्रवालले साेमबार क्षेत्रको समग्र विकास, शिक्षा, स्वास्थ्य, कृषि, उद्यम, संस्कृति र सामाजिक सुरक्षाका सवालमा काम गर्ने जनाउँदै प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् ।

अग्रवालले रंगेली–विराटनगर हुलाकी मार्गको स्तरोन्नति र आधुनिक मार्गमा विकास, दक्षिणी सीमा क्षेत्रमा नयाँ पर्यटन मार्गको निर्माण, क्षेत्रभित्रका सम्पूर्ण सडक, नाला र बिजुली, खानेपानी तथा टेलिफोन जडान कार्य आगामी ५ वर्षभित्र सम्पन्न गर्ने जनाएका छन् । सामुदायिक विद्यालयको स्तरोन्नति,पढ्दै कमाउँदैलगायत कार्यक्रम अघि बढाउने जनाएका छन् ।

उद्योग क्षेत्र पुनःसक्रियकरण, कृषि तथा स्वरोजगारका तालिम सञ्चालन, कृषि उत्पादनको सहज बिक्री वितरण, नवउद्योग स्थापना र युवालाई रोजगारी तथा आत्मनिर्भर बनाउने योजना उनी सार्वजनिक गरेका छन् ।

प्रकाशित मिति: सोमबार, ०४ फागुन, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.