शोकाकुल पिता कोराभित्र , घरदैलोमा छोरीहरू

Satya Sanchar सत्य सञ्चार

विराटनगर । मोरङ क्षेत्र नम्बर ६ मा चुनावी सरगर्मी उत्कर्षमा छ । उम्मेदवारहरू मतदाता रिझाउन घरदैलोमा व्यस्त रहँदा नेकपा (एमाले) का उम्मेदवार विनोद ढकालका लागि भने यो समय ‘धर्म र कर्म’ को कठिन परीक्षा बनेको छ ।

एकातर्फ १०१ वर्षको उमेरमा दिवंगत पिता विष्णुप्रसाद ढकालको वियोगको पीडा छ भने अर्कोतर्फ आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको जिम्मेवारी । उनी एमालेबाट क्षेत्र नम्बर ६ काे प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन् ।

ढकाल हिन्दू संस्कारअनुसार सेतो वस्त्रमा १३ दिने काजक्रियाका लागि कोरामा छन् । घरभित्र धार्मिक विधिमा व्यस्त रहँदा बाहिर चुनावी मैदानमा आफ्नो उपस्थिति नहुनुको छटपटी उनको मनमा देखिन्छ ।

शारीरिक रूपमा मतदातामाझ पुग्न असमर्थ ढकालले कोराभित्रबाटै एक भिडियो सन्देश जारी गर्दै भनेका थिए,’म शारीरिक रूपमा तपाईंहरूको माझमा आउन नसके पनि मेरो मन तपाईंहरूसँगै छ।’

उम्मेदवार नै कोरामा परेपछि चुनावी अभियान सुस्त हुने अनुमान धेरैको थियो । तर, ढकालका दुई छोरी सुरभी र सौरभीले त्यो रिक्ततालाई साहसका साथ पुरेका छन् । इटालीबाट ‘सस्टेनेबल नेचुरल रिसोर्स मेनेजमेन्ट’ मा स्नातकोत्तर गर्दै गरेकी जेठी छोरी सुरभी र भर्खरै बीए एलएलबी सकेकी कान्छी छोरी सौरभी बुबाको ‘कमान्डर’ बनेर चुनावी मोर्चामा उत्रिएका छन् । चुनावी अभियानमा एमालेका कार्यकर्ता र नेता पनि सहभागी छन् ।

दुवै छोरीहरू एमाले कार्यकर्तासँगै बुबाको प्रतिबद्धता पत्र बोकेर मतदाताको घर-आँगन पुग्छन् । उनीहरूको हातमा केवल राजनीतिक एजेन्डा मात्र छैन, बुवाको संघर्ष, इमान्दारिता र पारिवारिक संस्कारको जीवन्त कथा पनि छ ।

मतदाताको ढोकामा पुगेर उनीहरू विनम्रताका साथ भन्छन्, ‘हाम्रो बुवा अहिले तपाईंहरुको आँगनमा आउन सक्नु भएन । त्यसैले उहाँको प्रतिनिधिका रूपमा हामी आएका छौं । उहाँको सपना र संकल्प पूरा गर्न साथ दिनुहोला ।’

माेरङ-६ मा ढकालसँगै नेपाली कांग्रेसबाट डाक्टर शेखर काेइराला, रास्वपाबाट रुविना आचार्य, नेकपाबाट ओपेन्द्र रायलगायत १७ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

प्रकाशित मिति: सोमबार, ०४ फागुन, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.