झापा- ५ : बालेन र ओली घरदैलाेमा

Satya Sanchar सत्य सञ्चार

झापा । प्रतिनिधिसभा निर्वाचनका लागि झापा क्षेत्र नम्बर ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता बालेन शाह घरदैलाेमा केन्द्रित भएका छन् । अध्यक्ष ओली र नेता शाह आइतबार दमक पुगेका थिए ।

साेमबार बिहानैदेखि दुवै नेता घरदैलो गरेका हुन् । ओली आज दिनभर झापाको दमक नगरपालिकाका विभिन्न मुख्य चोकहरूमा आयोजना हुने भेटघाट कार्यक्रममा व्यस्त छन् । निर्वाचन परिचालन समितिका संयोजक देवेन्द्र दाहालका अनुसार निर्वाचन क्षेत्र नम्बर ५ का उम्मेदवार समेत रहेका ओलीले आज दमकका स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद र भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।

नेता शाह पनि अहिले आफ्नो निर्वाचन क्षेत्रका मतदाताहरूसँग भेट्दै घरदैलोमा छन् । बालेन आफ्नो निर्वाचन क्षेत्रसँग देश दौडाहामा पनि व्यस्त छन् । एमालेले भावी प्रधानमन्त्रीको रूपमा अघि सारेको ओली र रास्वपाले अघि सारेका शाह सँगै चुनावी मैदानमा उत्रिएपछि झापा ५ को चुनावी भिडन्त रोचक बनेकाे छ । क्षेत्र नम्बर ५ मा अन्य दलका उम्मेदवारले पनि चुनावी अभियान तिब्र बनाएका छन् ।

प्रकाशित मिति: सोमबार, ०४ फागुन, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.