झापा- ५ : बालेन र ओली घरदैलाेमा

Satya Sanchar सत्य सञ्चार

झापा । प्रतिनिधिसभा निर्वाचनका लागि झापा क्षेत्र नम्बर ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता बालेन शाह घरदैलाेमा केन्द्रित भएका छन् । अध्यक्ष ओली र नेता शाह आइतबार दमक पुगेका थिए ।

साेमबार बिहानैदेखि दुवै नेता घरदैलो गरेका हुन् । ओली आज दिनभर झापाको दमक नगरपालिकाका विभिन्न मुख्य चोकहरूमा आयोजना हुने भेटघाट कार्यक्रममा व्यस्त छन् । निर्वाचन परिचालन समितिका संयोजक देवेन्द्र दाहालका अनुसार निर्वाचन क्षेत्र नम्बर ५ का उम्मेदवार समेत रहेका ओलीले आज दमकका स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद र भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।

नेता शाह पनि अहिले आफ्नो निर्वाचन क्षेत्रका मतदाताहरूसँग भेट्दै घरदैलोमा छन् । बालेन आफ्नो निर्वाचन क्षेत्रसँग देश दौडाहामा पनि व्यस्त छन् । एमालेले भावी प्रधानमन्त्रीको रूपमा अघि सारेको ओली र रास्वपाले अघि सारेका शाह सँगै चुनावी मैदानमा उत्रिएपछि झापा ५ को चुनावी भिडन्त रोचक बनेकाे छ । क्षेत्र नम्बर ५ मा अन्य दलका उम्मेदवारले पनि चुनावी अभियान तिब्र बनाएका छन् ।

प्रकाशित मिति: सोमबार, ०४ फागुन, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.