काठमाडाैं । आईसीसी टी-२० विश्वकप २०२६ मा पाकिस्तानमाथि रवाफिलो जित हासिल गर्दै भारत सुपर ८ मा प्रवेश गरेको छ । श्रीलंकाको कोलोम्बोमा भएको खेलमा भारतले पाकिस्तानलाई ६१ रनले पराजित गरेको हो ।
भारतले दिएको १७६ रनको लक्ष्य पछ्याएको पाकिस्तान १८ ओभरमा ११४ रनमा अलआउट भयो । पाकिस्तानका लागि उसमान खानले सर्वाधिक ४४ रन बनाए । शाहीन अफ्रिदीले अविजित २३ रन बनाए भने शादाब खानले १४ अनि फहीम असरफले १० रन बनाए ।
भारतका लागि हार्दिक पान्ड्या, जसप्रित बुमराह, वरुण चक्रवर्ती र अक्षर पटेलले २-२ विकेट लिँदा कुलदीप यादव र तिलक वर्माले १-१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ७ विकेट गुमाएर १७५ रन बनाएको थियो । भारतका लागि इशान किशनले ४० बलमा १० चौका र ३ छक्कासहित सर्वाधिक ७७ रन बनाए ।
कप्तान सूर्यकुमार यादवले ३२, शिवम दुबेले २७ तथा तिलक वर्माले २५ रन बनाए । पाकिस्तानका लागि सायम अयुबले ३ विकेट लिए । सलमान आघा, शाहीन अफ्रिदी र उसमान तारिकले १-१ विकेट लिए ।
जितसँगै भारत ३ खेलमा ६ अंकसहित समूह ‘ए’ को शीर्षस्थानमा रहेको छ । पाकिस्तान ३ खेलमा ४ अंकसहित तेस्रो स्थानमा झरेको छ । भारतले अब नेदरल्यान्ड्ससँग खेल्न बाँकी छ भने पाकिस्तानले नामिबियासँग खेल्नेछ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (1,152)
जीवन विकासले बोलायो साधारणसभा (1,078)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (1,065)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (998)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (967)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (872)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (442)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (332)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (282)