विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि लुम्बिनी लायन्सले जितेको छ ।
शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्समाथि सानदार जित निकाल्दै लुम्बिनीले उपाधि जितेको हो । टस जितेर पहिले व्याटिङ गरेकाे सुुदूूर ८५ रनमा अलआउट भयो । जवाफी व्याटिङ गरेकाे लुम्बिनीले ९ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पूरा गर्याे ।
लुम्बिनीले एनपीएलको ट्रफीसँगै १ करोड १० लाख पुरस्कार प्राप्त गरेको छ । सुदूरले पुन ५१ लाखमै चित्त बुझाएकाे छ ।
पहिलो सिजनमा जनकपुरले सुदूरलाई पराजित गर्दै उपाधि जितेको थियो । दोस्रो सिजनको फाइनल खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको सुदूरले खराब प्रदर्शन गर्याे ।
सुदूरका ब्याट्सम्यान चल्न नसक्दा १९.१ ओभरमा जम्मा ८५ रनमा अलआउट भयो । सुदूरपश्चिमका लागि ओपनिङ गरेका इशान पाण्डेले सर्वाधिक ३३ रन बनाए । अन्य खेलाडी चल्न सकेनन् ।
लुम्बिनीका लामगि कप्तान रोहित पौडेल, शेर मल्ल र रुबेन ट्रमपलम्यान समान ३–३ विकेट लिए । रोहितले ११औं ओभरमा लगातार ३ विकेट लिँदै ह्याट्रिक नै पूरा गरे । उनले सुदूरका कप्तान दीपेन्द्र सिंह ऐरी, दीपक बोहरार पुनित मेहरालाई लगातार आउट गरेका थिए ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (1,988)
जीवन विकासले बोलायो साधारणसभा (1,966)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (1,926)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (1,890)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (1,809)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (1,711)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,164)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,149)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (878)