लुम्बिनीले जित्यो एनपीएलकाे उपाधि

Satya Sanchar सत्य सञ्चार

विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि लुम्बिनी लायन्सले जितेको छ ।

शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्समाथि सानदार जित निकाल्दै लुम्बिनीले उपाधि जितेको हो । टस जितेर पहिले व्याटिङ गरेकाे सुुदूूर ८५ रनमा अलआउट भयो । जवाफी व्याटिङ गरेकाे लुम्बिनीले ९ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पूरा गर्याे ।

लुम्बिनीले एनपीएलको ट्रफीसँगै १ करोड १० लाख पुरस्कार प्राप्त गरेको छ । सुदूरले पुन ५१ लाखमै चित्त बुझाएकाे छ ।

पहिलो सिजनमा जनकपुरले सुदूरलाई पराजित गर्दै उपाधि जितेको थियो । दोस्रो सिजनको फाइनल खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको सुदूरले खराब प्रदर्शन गर्याे ।

सुदूरका ब्याट्सम्यान चल्न नसक्दा १९.१ ओभरमा जम्मा ८५ रनमा अलआउट भयो । सुदूरपश्चिमका लागि ओपनिङ गरेका इशान पाण्डेले सर्वाधिक ३३ रन बनाए । अन्य खेलाडी चल्न सकेनन् ।

लुम्बिनीका लामगि कप्तान रोहित पौडेल, शेर मल्ल र रुबेन ट्रमपलम्यान समान ३–३ विकेट लिए । रोहितले ११औं ओभरमा लगातार ३ विकेट लिँदै ह्याट्रिक नै पूरा गरे । उनले सुदूरका कप्तान दीपेन्द्र सिंह ऐरी, दीपक बोहरार पुनित मेहरालाई लगातार आउट गरेका थिए ।

प्रकाशित मिति: शनिबार, २८ मंसिर, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.