हिमाली जिल्लाको अवस्था बुझ्न प्रधानमन्त्री कार्की सोलुखुम्बुमा

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । फागुन २१ को प्रतिनिधिसभा निर्वाचनको तयारी र हिमाली जिल्लाको अवस्था बुझ्न प्रधानमन्त्री सुशीला कार्की सोलुखम्बु पुगेकी छन्  । प्रधानमन्त्री कार्कीसँगै उनका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठ र प्रेस सल्लाहकार रामबहादुर रावलसहितको टोली आज बिहान सोलुखुम्बु पुगेको हो ।

हेलिकप्टरबाट सुरुमा नाम्चे पुगेको प्रधानमन्त्री कार्कीसहितको टोली अहिले सदरमुकाम सल्लेरी पुगेको छ । प्रधानमन्त्री कार्कीलाई प्रमुख जिल्ला अधिकारी र सुरक्षा अंगका जिल्ला प्रमुखहरुले स्वागत गर्दै जिल्लाको अवस्थाबारे जानकारी गराएका छन् ।

प्रेस सल्लाहकार रावलका अनुसार अहिलेसम्मको अवस्था हेर्दा फागुन २१ गतेको निर्वाचन गराउन समस्या नहुने ब्रिफिङ जिल्लाका अधिकारीहरुले गरेका छन् ।

सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी लीलाकुमारी केसी पाण्डेका अनुसार सोलुखुम्बु जिल्लामा १२३ मतदान स्थल छन् । हिउँ परिहालेमा सातवटा मतदान स्थल प्रभावित हुनेछन् ।

प्रकाशित मिति: बिहिबार, ३० माघ, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.