सुन्दरहरैँचाबाट पेस्तोल र भरुवा बन्दुकसहित २ जना पक्राउ

Satya Sanchar सत्य सञ्चार

विराटनगर । मोरङको सुन्दरहरैँचाबाट पेस्तोल र भरुवा बन्दुकसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुन्दरहरैँचा नगरपालिका– २ बेलडाँगीका २८ वर्षीय सिलास लिम्बू र सुन्दरहरैँचा–३ का २९ वर्षीय प्रेमबहादुर गुरुङ रहेका छन् ।

इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर राजीव गिरी नेतृत्वको टोलीले दुवै जनालाई सोमबार साँझ ६ बजेतिर पक्राउ गरेको हो । लिम्बूको घरमा हतियार लुकाएर राखिएको विशेष सूचनाका आधारमा नियन्त्रणमा लिन प्रहरी पुगेको थियो ।

प्रहरीले घर खानलतासी गर्ने क्रममा लिम्बू सुत्ने कोठाभित्र मेड इन यूएसए लेखिएको पेस्तोल, एउटा भरुवा बन्दुक र २ थान हेण्डसेट फेला परेको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी हरिनन्दन चौधरीले बताए ।

उनका अनुसार सोधपुछका क्रममा लिम्बूले उक्त हतियार गुरुङबाट लिएको बताएका थिए । त्यसलगत्तै प्रहरीले गुरुङलाई पनि पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय बेलबारीको हिरासतमा राखिएको छ ।

प्रकाशित मिति: मङ्गलबार, २८ माघ, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.